• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा टिपरको ठक्करबाट एकको मृत्यु , एकजना घाइते




घोराही । दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको  छन ।

सोमबार साझको करिब ६:३० बजे घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा १ ख १२९१  नम्बरको  टिपरले रा ७ प ७४६  नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ  ।

मृतक हुनेमा तुलसीपुर  १९ काे १९ वर्षका सुदिप बुढाथोकी रहेका छन् । ठक्करपछि घाइते भएका उनलाई घोराहीस्थित राप्ती स्वास्थ्‍य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा  मृत्यु भएको हो।  मृतक संगै सवार रहेका तुलसीपुर १७ को २२ वर्षका दिपक बस्नेत घाइते भएका छन ।

प्रहरीले ठक्कर दिने सवारी चालक घोराही – १० डोक्रेनाको ४० वर्षीय जित बहादुर चौधरीलाई पक्राउ गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Facebook Comments