दाङ । नेपाल–भारत सिमाअन्तर्गत रहेको जिल्लाको प्रमुख कोइलावास नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउन दाङ जिल्ला उद्योग बाणिज्य संघले पहल थालेका छन् ।
जिल्लाको प्रमुख नाका रुपमा रहेको काइलावास नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउँदै जिल्लाको उद्योग व्यवसायको प्रवद्र्धनका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघले पहल थालेको अध्यक्ष बसन्त जोशीले बताए । जसअन्तर्गत दाङ जिल्ला उद्योग बाणिज्य संघले गत सनिवार कोइलावास नाकामा स्तरवृद्धि बिषयक अन्तरकृया कार्यक्रम गरेको थियो ।
कुनै समय नेपालको छैठौं ठुलो नाका रुपमा रहेको कोइलाबास पछिल्लो समय सुनसान जस्तै रहेको र यसलाई चलाएमान बनाउनका लागि पूर्ण रुपमा नाकालाई सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको अध्यक्ष जोशीले बताए । ‘अहिले उक्त नाका खण्डहर नाका जस्तै भएको छ । छोटी भन्सार जस्तै रहेकाले २५ हजार रुपैयाँसम्म मात्रै सामान आयत हुने गरेको छ । जस्ले गर्दा व्यवसायीहरुलाई समस्या हुनका साथै नाका चलाएमान हुन सकेको छैन’। ‘नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउँदै उद्योग व्यवसायको प्रवद्र्धन गर्न सवैको ध्यान जान आवश्यक रहेको अध्यक्ष जोशीले भने, ।’
नेपाल सरकार परराष्ट्रमन्त्री र भारत सरकारको परराष्ट्रमन्त्रीसंग भेटघाट गर्दै कोइलावास नाकामा प्लान्ट क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन र फुड क्वारेन्टाइनलगायतका आवश्यक संरचना स्थापना गर्नु पर्ने दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले बताए । हाल उक्त भन्सारमा सामान सामान्य आयत रहेको छ भारतबाट सामान आयात गर्दा भारतको कस्टमले रकम असुली गर्दा समस्या आइरहेको समेत महासचिव बुढाथोकीले बताए ।
कोइलावास हाम्रो नजिकको नाका हो। यो नाकालाई पूर्ण रुपमा सञ्चालन गर्न नाकामा सुविधाहरु थप गर्नुपर्ने देखिएको छ,’ उनले भने,‘दुवै देशका व्यापार संगठनहरुले पनि पहल लिउन पर्ने बताए।
उक्त अन्तरकृया कार्यक्रमा दाङ क्षेत्र नं. १ का माननिय मेटमणी चौधरीले कोइलाबास नाका संचालनको लागि दुइ पक्षीय देशविच सहमति हुनुपर्ने त्यसको लागि प्रयास भइरहेको भनाइ थियो । यो नाका पूर्णरुपमा संचालनमा आउन जरुरी छ । त्यसको लागि मैले पनि पहल थालेको छु, उहाँले भन्नुभयो । कोइलाबास नाका पूर्णरुपले संचालनमा आउँदा पर्यटकिय क्षेत्रमामा पनि टेवा पुग्ने उहाँको भनाइ थियो ।
प्रतिनिधिसभा सदस्य नारायणी शर्माले भारतीय राजदुत लगायत सम्बद्ध नेपाल र भारत सरकारका उच्च अधिकारीसँग यस बारेमा गम्भीररुपमा कुरा उठाएर भन्सारको स्तरबृद्धिको लागि पहल गर्ने प्रतिबद्धता समेत दिनु भयो। ‘कोइलावास नाकालाई व्यापारिक नाकाको रुपमा विकास गर्न सकिन्छ । यसका लागि गर्नुपर्ने कामहरु अघि बढाउँछौं ।’ कोइलावास भन्सारलाई चलायमान बनाउन दुई देशबाट समझदारी हुनुपर्ने, त्यसका लागि पहल गरिने समेत प्रतिनिधिसभा सदस्य शर्माले बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।