घोराही । दाङमा ३७ औं विश्व एड्स दिवस-२०८१ मनाइएको छ । स्वास्थ्य कार्यालय दाङ र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा `एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं´ भन्ने नारासहित विश्व एड्स दिवस आइतबार घोराहीमा मनाइएको हो ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर कुमार आचार्यको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा कुमारी डिसी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिसीले एचआईभी एड्स संक्रमित गराउने खालका व्यक्तिहरुलाई सचेत गराउनु पर्ने भन्दै गतवर्ष तुलनामा यो वर्ष एड्सका संक्रमित बढेको बताइन् । उनले गतवर्ष चार सय चार जनालाई एचआईभी एड्स भएको र अहिले चार सय ३७ जनालाई एड्स भेटिएको हुँदा एड्सका बढी संक्रमित व्यक्ति भेटिएपछि शंका मान्नुपर्ने अवस्था आएकोमा समेत जोड दिइन् ।
हरेक नागरिक एचआईभी एड्सको बारेमा सचेत हुनुपर्ने र एड्सको संक्रमण भइसकेपछि पनि लाज नमानेर औषधि खानुपर्ने र एचआईभी एड्स कसरी लाग्छ / सर्छ भन्ने विषयमा आम नागरिक सचेत रहनुपर्ने उपमेयर डिसीको भनाइ छ ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर कुमार आचार्यले एचआईभी एड्स स्वास्थ्य समस्या भन्दापनि बढी सामाजिक समस्या भएको बताए। उनले विश्वभरी नै यो एड्स स्वास्थ्य भन्दापनि ठूलो सामाजिक समस्याको रुपमा रहेको जानकारी दिए । एड्सको समाधानको लागि नेपाल सरकारले सन् २०२१ देखि २०२६ सम्म एउटा रणनीति कार्यान्वयनमा ल्याएको र त्यहीँअनुसार कार्यक्रमहरु हुँदै आएको कार्यालय प्रमुख आचार्यले बताए । एड्सका नयाँ संक्रमितको संख्या घट्दै गएको भन्दै नेपालमा एक वर्षभरी चार सय ५७ जना मात्र नयाँ संक्रमित भेटिएका र नेपालका ६१ वटा जिल्लाका ८४ वटा केन्द्रबाट एआर्टी माध्यमबाट एड्सका संक्रमितहरुको उपचार भइरहेको समेत उनले भनाइ छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकी एआरटी सेन्टर काउन्सिलर तारा बिसीले प्रतिष्ठानमा एआरटी सेवा २०६७ सालदेखि हालसम्म निरन्तर रुपमा सञ्चालन रहेको बताइन् । उनले दाङमा चार सय ३७ जना एड्स संक्रमितहरुले एआरटी सेन्टरबाट उपचार सेवा लिइरहेको जानकारी दिइन् ।
घोराही उपमहानगरपालिकाको गेटबाट सुरुभएको प्रभातफेरी तुलसीपुरचोक, सहिदगेट, बिपीचोक, ट्राफिक हुँदै स्वास्थ्य कार्यालय दाङको प्रांगणमा पुगेर थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।