घोराही । घोराहीस्थित भिएन मन्टेश्वरी स्कूलको दोस्रो अभिभावक भेला सम्पन्न भएको छ । स्कूलको आयोजनामा शनिबार विद्यालयकै सभाहलमा अभिभावक
भेला सम्पन्न भएको हो ।
विद्यालयका प्रिन्सीपल द्रोण खड्काले अभिभावकहरुको गुनासोहरुलाई सम्बोधन गर्दै बालबालिकाहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विद्यालय सदैव अग्ररुपमा खटिएको बताए । उनले बिगतका दिनभन्दा बालबालिकाहरुको समस्या र गुनासोहरु घट्दै गएको र बालबालिकाहरुको शिक्षण सिकाइ सुधार हुँदै गएको कुरामा जोड दिए । विद्यालयले आफ्नो स्थापनाकालदेखि नै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विद्यालयको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक गतिविधिलाई अगाडि बढाएको उनको भनाइ छ । विद्यार्थीहरुको पढाइलाई थप प्रभावकारी बनाएर विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि अब विद्यालयले आवश्यकता अनुरुप योजना अगाडि बढ्ने प्रिन्सीपल खड्काले जोड थियो ।
भिएन मन्टेश्वरीकी संयोजक लक्ष्मी चौधरीले हालसम्म विद्यालयमा भएका शैक्षिक गतिविधिको बारेमा जानकारी गराउँदै बालबालिकाहरुको पढाइलाई राम्रो बनाउन विद्यालय लागिपरेको बताइन् । उनले बालबालिकाहरुको शिक्षण सिकाइलाई प्रभावकारी बनाउनको लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा समेत जोड दिइन् ।
त्यस्तै अभिभावकहरुका गुनासोहरुलाई सम्बोधन गर्दै मन्टेश्वरीका शिक्षिकाहरुले बालबालिकाहरुको पढाइलाई अब्बल बनाउनका लागि आफूहरूले महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको कुरामा जोड दिँदै बालबालिकाहरुको पढाइ सुधार गर्नका लागि अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका थिए ।
भेलामा बोल्ने अभिभावकहरुले बालबालिकाहरुको शिक्षण सिकाइ प्रभाकारी बन्दै गएको बताएका छन् । उनीहरूले आफ्नो छोराछोरीहरुको पढाइ राम्रो भएको कुरामा जोड दिँदै विद्यार्थी र शिक्षकबीच एकआपसमा राम्रो समन्वय हुनुपर्ने बताएका थिए । शिक्षक र विद्यार्थीबीच राम्रो सम्बन्ध स्थापित भएमात्र विद्यालयको शैक्षिक गुणस्तरले फड्को मार्ने उनीहरूको जोड थियो । उनीहरूले आफ्ना छोराछोरीहरुको शिक्षण उपलब्धि बिगतका दिनहरु भन्दा सुधार हुँदै गएको भएपनि विद्यालयमा दिएको गृहकार्य गर्न नमान्ने र अल्छी गर्ने भएको हुँदा त्यसमा सुधार ल्याउन शिक्षक/ शिक्षिकाले त्यतातर्फ पनि ध्यान दिन सुझाव दिएका थिए ।
विद्यालयका प्रिन्सीपल द्रोण खड्काको अध्यक्षता सुरुभएको कार्यक्रमको सहजीकरण मन्टेश्वरी शिक्षिका सिर्जना सिवालले गरेकी थिइन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।