घोराही । सिद्धरत्ननाथ क्याम्पस नारायणपुर दाङका स्ववियु सभापति तथा सेवा इन्टरनेशल एजुकेशन प्रालि घोराहीका सञ्चालक मनोज पौडेलले बालआश्रममा पुगेर आफ्नो जन्मोत्सव मनाएका छन् । उनले शनिबार घोराही-७ पर्शास्थित बाल शान्ति गृहमा पुगेर आफ्नो जन्मोत्सव मनाएका हुन् ।
सभापति पौडेलले जन्मदिनको अवसरमा बाल शान्त गृहमा पुगी त्यहाँ रहेका बालबालिकाहरुसँग जन्मदिन मनाएका थिए । उनले गृहमा रहेका बालबालिकाहरुसँग जन्मदिन मनाउँदै ३८ जना बालबालिकाहरुलाई फलफूल तथा डायरी र कलम वितरण गरेका थिए ।
पछिल्लो समयमा अधिकांश मानिसहरूले आफ्नो जन्मदिनलाई खर्चिलो र भड्किलो बनाउदै गएको भन्दै सभापति पौडेलले आफ्नो जन्मोत्सवलाई खर्चिलोभन्दा पनि सामाजिक संस्कारको रुपमा विकास गर्नुपर्ने बताए । सहयोग सानो र ठूलो नहुने र फजुल खर्चलाई कटौती गरेर सहयोग गर्न सकिन्छ भन्ने संस्कार बसाल्न खोजेको उनको जोड थियो ।
बाल शान्ति गृहमा रहेका बालबालिकाहरुले जन्मदिनको शुभकामना दिँदै आफूहरू सम्झेर सहयोग गरेको धन्यवाद व्यक्त गरेका थिए । गृहमा हाल ३८ जना बालबालिका र ४ जना कर्मचारीहरु रहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।