• १९ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयको भौतिक सुधारका लागि माबि सौडियारमा महायज्ञ, तयारी तीव्र




घोराही । घोराही उपमहानगरपालिका–७ सौँडियारस्थित श्री माध्यमिक विद्यालय सौँडियारको भौतिक पूर्वाधार विकासका लागि सञ्चालन हुन थालेको श्रीमद्भागवत् ज्ञानमहायज्ञ सप्ताहको तयारीलाई व्यापक बनाइएको छ ।

ज्ञान महायज्ञ सञ्चालन हुने दिन नजिकिदै गर्दा महायज्ञको व्यवस्थापन तथा प्रचार प्रसारको कार्यलाई व्यापक बनाइएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ सप्ताह मूल समारोह समितिका संयोजक निशानदाजु भट्टराईले जानकारी दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका संयोजक भट्टराईका अनुसार महायज्ञलाई सभ्य र भव्य रुपमा सफल बनाउनका लागि मूल समितिसँगै विभिन्न २७ वटा उपसमिति गठनसँगै जिम्मेवारी बाडफाड गरेर महायज्ञको तयारीमा लागेको बताए ।

महायज्ञलाई सफल बनाउनका लागि आन्तरिक व्यवस्थापनसँगै दाता पहिचान, अतिथि सत्कार, कलश व्यवस्थापन तथा शोभायात्राको तयारी, प्रचारप्रसार, मण्डव निर्माण,महायज्ञ हुने स्थल सरसफाईलगायतका कार्यहरु भइरहेका छन् । विद्यालयको भौतिक, शैक्षिक सुधार एवम् सभाहल निर्माणका लागि यहि मङ्सिर २१ गतेदेखि २८ सञ्चालन महायज्ञ हुन थालेको छ । मुल समारोह समिति संयोजक एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यतामा शुक्रवार भएको अन्तिम तयारी बैठकले महायज्ञलाई भव्य रुपमा सफल बनाउनका लागि सवैको सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् ।

सहभागीले शिक्षा क्षेत्रको विकासका लागि सवैको साथ र सहयोग आवश्यक रहेको भन्दै विद्यालयको भौतिक विकासका लागि सञ्चालन हुन थालको महायज्ञलाई सफल बनाउन सवै क्षेत्रबाट लाग्नुपर्ने वडा अध्यक्ष चौधरीले बताए । वडा अध्यक्ष चौधरीले स्कूलको वृहत विकासका लागि सबैको साथ र सहयोगले उच्च माध्यामिक तहसम्म अहिले पढाई भइरहेको भन्दै थप विकासका लागि महायज्ञलाई सफल बनाउन आवश्यक रहेको बताएका थिए ।

बैठकमा दाता पहिचान उपसमिति संयोजक भुपबहादुर डाँगीले शिक्षा क्षेत्रको विकाससँगै सामाजिक कार्यमा जनताको सहभागीता आवश्यक रहेको भन्दै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सञ्चालन हुन थालेको महायज्ञलाई सफल बनाउनका लागि पार्टीभन्दा माथि उठेर लाग्न सवैलाई आग्रह गरेका थिए ।

विगतमा सवैको सहयोगले विद्यालयले कक्षा १२ सम्म पढाई सञ्चालन गर्न सफल भएको भन्दै डाँगीले आफ्नो ठाउँ र आफुले पढेको विद्यालयको विकासका लागि सवैले आआफ्नो ठाउँमा सहयोग गर्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं अनुगमन तथा मूल्याङ्कन उपसमिति संयोजक भीमप्रकाश खड्काले विद्यालयको विकासका लागि हुन थालेको महायज्ञलाई सफल बनाउन जनस्तरबाट सहयोग हुन आवश्यक रहेको बताए । बैठकमा महायज्ञ सञ्चालनका लागि अहिलेसम्म भएको तयारीका बारेमा विद्यालयका प्रधानाध्यापक नन्दराम वलीले जानकारी गराएका थिए ।

त्यसैगरी बैठकमा दाता पहिचान उपसमिति संयोजक भुपबहादुर डाँगी, अनुगमन तथा मूल्याङ्कन उपसमिति संयोजक भीमप्रकाश खड्का, मण्डप व्यवस्थापन उपसमिति संयोजकमा शालिकराम केसी, फूलमाला व्यवस्थापन उपसमिति संयोजक सीता डिसी,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शरद केसी, धनधाञ्याञ्चल व्यवस्थापन उपसमिति संयोजक चित्रबहादुर चौधरी, कलश व्यवस्थापन तथा शोभायात्रा व्यवस्थापन उपसमिति संयोजक अध्यक्ष कमला थापा, मातृशक्ति परिचालन उपसमिति संयोजक हिरा योगी, मण्डप व्यवस्थापन उपसमिति संयोजक शालिकराम केसी, भान्सा व्यवस्थापन उपसमिति संयोजक शेरबहादुर चौधरी, फ्रेम तथा दोसल्ला सम्मान व्यवस्थापन उपसमिति संयोजक रोेबरबहादुर केसी, मञ्च व्यवस्थापन उपसमिति संयोजक तिलकराम आचार्यलगायतले भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए ।

२०३० सालमा स्थापना भएको विद्यालयमा अहिले शिशु कक्षादेखि १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयका शिक्षक हिरालाल न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक विष्णु चौधरीले गरेका थिए ।

Facebook Comments