घोराही । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) घोराही १५ को अध्यक्षमा दीपबहादुर खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रको शुक्रवार घोराहीमा सम्पन्न तेस्रो वडा अधिवेशन बाट उपाध्यक्ष पहलमान थापा, सचिव उपकार रावत, सहसचिव पदम वली र कोषाध्यक्ष चन्द्रकला राना निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा टेकबहादुर नेपाली, सपना केसी, बनिता घर्ती, विरेन्द्र चोधरी, राजु चौधरी, विन्दु नेपाली, गोमती ओली, आशा खड्का, सौनी चौधरी, नारायण पुन, शारदा चौधरी, तुल्सा श्रेष्ठ र नीमबहादुर थापा चयन हुनुभएको छ ।
यसैगरी नगरप्रतिनिधिमा भोपलाल रोका, खुसलराम पुन, तारा भुषाल, वामदेव रिजाल, निश्चल केसी, जुनकुमारी मल्ल, चन्द्रकला राना, रविन केसी, नोर्वु तामाङ, शालिकराम आचार्य, ऋषि सुवेदी, टिकाराम वली, केशवराज पोख्रेल दीपबहादुर खत्री, उपकार रावत बलबहादुर विष्ट र कमला केसी सपना चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार शुष्मा शर्मा घिमिरे, जिल्ला सचिव विश्वराज आचार्य, घोराही नगर इन्चार्ज तुल्सी डाँगी मिलन, प्रगतिशिल जनस्वास्थ्य कर्मी महासंघ दाङका सचिव शालिकराम आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत वडा उपाध्यक्ष पहलमान थापाले र सञ्चालन सचिव टिकाराम वलीले गर्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराही १८ को तेस्रो अधिवेशन शुक्रवार मसिनामा सम्पन्न भएको छ । वडा अध्यक्ष सुरश बुढाको अध्यक्षता एवं केन्द्रीय सद्स्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अवसरमा पार्टीका प्रदेश सद्स्य पुरण शर्मा, प्रमिता चौधरी, नगर उपाध्यक्ष भागिदास चौधरी (साकार) , वडा उपाध्यक्ष टिला नेपालीले स्वागत गर्नुभएको कार्यक्रम सन्चालन वडा सचिव तथा घोराही १८ का वडा सद्स्य टिका थापाले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।