लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।
प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो । ललितपुर जन्मनुभएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।