दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानले दिँदै आएको सिटी स्क्यान र एमआरआई सेवालाई छिटो छरितो बनाएको छ । सिटी स्क्यान र एमआरआईको रिपोर्टिङ ढिला हुँदा बिरामीले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै प्रतिष्ठानले उक्त सेवालाई चुस्त दुरुस्तसहित छिटो छरितो गर्ने गरी ब्यवस्था मिलाइएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो ।
प्रतिष्ठानवाट दैनिक सिटि स्क्यान र एमआरआई गरेर २५ जना विरामीले सेवा लिइरहेको जनाएको छ । प्रतिष्ठानका रजिष्ट्रार लम्सालले एमआरआई र सिटी स्क्यान गरेको ४८ घण्टाभित्र विरामीले रिपोर्ट पाउने गरी थप रेडियोलोजिष्टको जनशक्ती थपेर ब्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिले ४८ घण्टा भित्र सिटि र एमआरआईको रिपोर्ट प्राप्त गर्ने ब्यवस्था मिलाइसकेकाले अव विरामीको उपचारमा थप सहजता मिल्ने बताउनुभयो । एमआरआई र सिटी स्क्यानका सहायतामा विरामीको रोगको डाइग्नोसिस गर्न चिकित्सकलाई सहजता हुनेछ । यो ब्यवस्था मिलाएपछि १३ जना विरामीले ४८ घण्टाभित्र सिटी र एमआरआइको रिपोर्ट प्राप्त गरिसकेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।