तुल बहादुर कवँर मगर
भालुबाङ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ।
सोमबार राप्ती गाउँपालिका-२ लालमटियास्थित मुनलाईट सेकेन्डरी इङ्लिस स्कुलले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संस्कार र व्यावहारिक शिक्षाको अभावले समाज र व्यक्तिको दिगो प्रगति सम्भव नहुने धारणा राख्नुभयाे।
“शिक्षाले केवल परीक्षा पास गर्न मात्र होइन, जीवनका चुनौती सामना गर्न र सफलतापूर्वक समाधान गर्न पनि सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयाे।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।