घोराही । गुरुकुल एकेडेमी घोराहीमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ। गुरुकुल एकेडेमी घोराहीको आयोजनामा गुरुकुल एकेडेमीका प्लसटुका विद्यार्थीहरूलाई लागू औषध दुर्व्यसनकाविरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा गुरुकुल एकेडेमीका प्लसटुका विद्यार्थीहरू सहभागी भएका थिए। लागू औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रममा लागू औषध भनेको के हो ? लागू औषध प्रयोग कसरी हुन्छ ? लागूऔषध प्रयोग भएपछि यसले कस्तो असर पार्छ र मानिसहरूको जीवनमा कस्तो प्रतिकूल अवस्था भन्ने बिषयमा प्रशिक्षण दिइएकाे हाे ।
राइजिङ पुर्नस्थापना केन्द्र घोराही- १७ चाैघेरा दाङका प्रतिनिधि अभिषेक बुढाले लागू औषध बेचबिखन गर्नु एउटा अपराध भएको र लागु औषध बेचबिखन गर्दा अन्य मानिसहरूको जीवनमा पनि प्रतिकुल असर पर्ने र यसलाई कानूनले समेत अपराधको दृष्टिकोणले हेर्ने हुँदा कानुनमा लागू औषध बेचबिखन र ओसारपसार गर्दा के कस्तो सजाय हुन्छ र कसरी यसलाई अपराध मानिन्छ भन्ने विषयमा पनि जानकारी गराउनुभएको थियो ।
पुनर्स्थापना केन्द्र सञ्चालनको लामो अनुभव राख्नुभएका राइजिङ पुनर्स्थापना केन्द्र घोराही -१७ चौघेराका प्रतिनिधि अभिषेक बुढाले लागू औषधकाे लतबाट बच्न निकै महत्वपूर्ण टिप्सहरु पनि विद्यार्थीहरुलाई प्रदान गर्नुभएको थियो। यद्यपि लागू औषधमा फस्नुभन्दा पहिला आफू सजग रहन पनि विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा विज्ञान विषयका विद्यार्थीहरूलाई विज्ञानसम्बन्धी पढेर सफलता हासिल गर्नको लागि एक कार्यक्रमकाबीच डाक्टरहरुले सुझाव समेत दिएका छन्। कार्यक्रमको प्रशिक्षक समेत रहनुभएका बुद्ध हस्पिटलमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर अनि दनाईले आफूले विज्ञान पढेर भएका सफलताहरुको बारेमा सुनाउँदै आगामी दिनमा डाक्टर बन्नको लागि पनि सुझाव दिनुभएको थियो।
स्वास्थ्य क्षेत्रको विषयमा महत्त्वपूर्ण जानकारी गराउँदै डाक्टर दनाइले डाक्टर बन्नको लागि निकै मेहनत र कडा परिश्रम गर्नुपर्ने बताउनुभएको थियो। बायोलोजी फिजियोलोजी साइकोलोजी लगायतका कुराहरु बुझेर मात्रै अगाडि बढ्नु पर्ने र डाक्टर पेशामा सफलता हासिल गर्न सक्ने बताउनु भएको थियो । कार्यक्रममा इएनटी सर्जन डाक्टर प्रज्वल शर्मा पनि उपस्थित रहनुभएको थियो।
गुरुकुल एकेडेमी घोराही दाङका प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्लसटु संयोजक राजन अधिकारीले विद्यालयको विषयमा जानकारी गराउनुभएको थियो । लागू औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रममा व्यवस्थापन विषयका विद्यार्थीहरू सहभागी भएका थिए भने स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रममा विज्ञान विषयका विद्यार्थीहरु सहभागी भएकाे प्लसटु संयोजक राजन अधिकारीले जानकारी दिनुभयो।
विद्यालयको वार्षिक क्यालेण्डर अनुसार कार्यक्रम गरिएको पनि विद्यालयका प्लसटु संयोजक अधिकारीले जानकारी दिनुभयो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।