• १९ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा २९ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन शुरु




घोराही । दाङको घोराहीमा २९ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन -२०८१ शुरु भएको छ । नेपाल बालसाहित्य समाज काठमाडौंको आयोजनामा शुक्रबारदेखि घोराहीस्थित गोरखा माध्यामिक विद्यालयमा बालसाहित्य सम्मेलन शुरु भएको हो । दुईदिनसम्म चल्ने सम्मेलनमा बालसाहित्यसम्बन्धी विभिन्न प्यानलमा छलफल हुने आयोजले जानएको छ ।

नेपाल बालसाहित्य समाज काठमाडौंका अध्यक्ष  प्राडा प्रमोद प्रधानको अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्राडा भिमप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राडा खतिवडाले बालसाहित्य क्षेत्रमा यो समाजले महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको बताए । उनले बलासाहित्य सिर्जनाले रमाइलो मात्र नभएर हरेक बालबालिकालाई चिनाउन सक्ने भएको हुँदा सिर्जनामा लाग्न बालबालिकाहरुलाई प्रेरणा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेको उपकुलपति खतिवडाले समाजमा आर्थिक, सामाजिक र जातीय  विभेदहरु रहेको भन्दै  मान्छे कामको आधारमा फरकफरक हुनेपर्नेमा जन्मकै आधारमा फरकफरक रहेको बताए । जो कामले चिनिन्छ त्यो मान्छेमात्र ठूलो हुनसक्छ । ठूलो हुनु भनेको सम्पन्न हुनु, सांसद हुनु, मन्त्री  हुनुमात्र होइन उनले भने  ।  जन्मदाखेरी सबै समान हुन्छन् भन्ने कुरा बुझाउन सकियो भने समाजमा छोराछोरीको विभेद टुंगिने र समाजमा नेतृत्व गर्ने पुरुषप्रधान देश भनेर चिनिने समाज बिस्तारै कम हुँदै जाने उनको भनाइ छ ।

समाजका संस्थापक अध्यक्ष प्राडा चिन्तामणी बन्धुले
बालबालिकाहरुले रमाएर धेरै पढ्नुपर्ने  बताए । उनले बालबालिकाहरुले शान्त भएर अध्ययन गरेमात्र आफ्नो भविष्य उज्ज्वल हुने कुरामा जोड दिए ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले  बालबालिकाको सर्वाङ्गिन विकासका लागि साहित्य, कलम वा जनप्रतिनिधिहरुको माध्यमबाट महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले पछिल्लो समयमा बालबालिकाहरुमा पठन संस्कार हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै बालबालिकाहरुको भविष्य उज्ज्वल बनाउन पठन संस्कारलाई विकास गर्नुपर्नेमा जोड दिए ।

सम्मेलनको अवसरमा ज्ञानकुञ्ज भाग दुई सय ३५ लगायत विभिन्न पुस्तकहरू  विमोचन गरिएको थियो ।

गोरखा माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्वागत नृत्यबाट अतिथिहरुलाई स्वागत गरेका थिए भने सम्मेलनलाई भव्य र सव्य बनाउनका लागि  विभिन्न एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियोे ।

घोराहीस्थित नेपाल पत्रकार महासंघ दाङ शाखाबाट निकालिएको सम्मेलन र्‍याली तुलसीचोक, दामोदर चोक, निमाहल हुँदै गोरखा माविको प्रांगणमा पुगेर थियो ।

सम्मेलन मूल आयोजक समितिका संयोजक डा. टिकाराम उदासीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा, घोराही  उपमहानगरपालिकाक उपमेयर हुमाकुमारी डिसी, घोराही उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भानसिं बुढा , गोरखा माध्यमिक विद्यालयका प्रीन्सीपल मानसिंङ घर्तीलगायतले  शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण समाजका महासचिव विजयराज आचार्यले गरेका थिए ।

Facebook Comments