• १९ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अरणिको मैदान संरक्षणमा तुलसीपुर उधोग बाणिज्य संघको चासो




तुलसीपुर। तुलसीपुरको एकमात्र खेल मैदानको रुपमा रहेको अरणिको मैदानलाई संरक्षण र भौतिक पुर्बाधार निर्माण गर्न तुलसीपुर उधोग बाणिज्य सघंले पहल थाल्ने भएको छ ।

दशकौ देखि बिकासको पर्खाईमा रहेको अरणिको मैदानमा आबश्यक पुर्बाधार निर्माण गर्न स्थानिय सरकारका रुपमा रहेको तुलसीपुर उपमहानगरपालिका संग सहकार्य गरेर अघिबढने निर्णय भएको बाणिज्य सघंका अध्यक्ष बिनिल केसिले जानकारि दिनुभयो ।”खेल क्षेत्रमा मेरो पनि रुचि छ बिभिन्न कार्यक्रममा म आफै गएर बोलेको पनि छु अध्यक्ष केसिले बाणिज्य संघको बैठकमा भन्नुभयो “।

शुक्रबार बिहान बसेको तुलसीपुर उधोग बाणिज्य संघको बैठकले खेलाडिहरुलाई समस्याभैरहेको भन्दै तत्काल अरणिको मैदानमा आबश्यक पर्ने शौचालय,स्टेज र चेनजिङरुम निर्माण गर्न पहल थाल्न महासचिब केशबराज केसिलाई जिम्मेवारि दिने निर्णय गरेको छ ।

सो अबसरमा बोल्ने बक्ताहरुले तुलसीपुर क्षेत्रको ब्यबसायिक सुरक्षा, सामाजिक बिकास,बिस्तार र सरसफाईमा सबकार्य गर्दै आईरहेको बाणिज्य सघंले अरणिको मैदान संरक्षणमा चासो लिनु आफैमा खुसिको कुरा भएको बताएका छन ।
सो अबसरमा निबर्तमान अध्यक्ष रामप्रसाद चालिसे,पुर्ब अध्यक्षहरु बिमल रिजाल,बिरु रावत,ब्यबसायिहरु होताराम आचार्य,उपाध्यक्ष नरेशराज भण्डारि प्रेस सल्लाहकार शरद रेग्मी लगायतले ब्बसायिहरुका भैपरि आउने समस्याहरुलाई समाधान गर्न आबश्यक तालिम,छलफल तथा परामर्शहरुलाई थप शसक्त पार्नुपर्ने बताएका थिए ।
बैठकमा कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिबेदन र महासचिब केशबराज केसिले आज सम्म संस्थाले गरेका गतिबिधिका बारेमा जानकारि गराउनुभएको थियो ।

Facebook Comments