• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिंचाइ मन्त्री चौधरीद्वारा सिंचाइ आयोजनाको अनुगमन




प्रेमबहादुर राम्जा

दाङ । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिता चौधरीले बबई गाउँपालिका अन्तर्गत पर्ने विभिन्न सिचाई आयोजनाहरुको अनुगमन गर्नुभएको छ। मन्त्री चौधरीले बबई गाउँपालिकामा पर्ने विभिन्न चार सिचाई आयोजनाको अनुगमन गर्नुभएको हो।

बर्षाको समयमा क्षति भएका र प्रदेश सरकार मार्फत् निर्माण थालिएका विभिन्न सिचाई आयोजनाको अनुगमन गर्नुभएको हो । अनुगमन गर्दै मन्त्री चौधरीले सिचाई आयोजना निर्माणका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो। मन्त्री चौधरीले बबई ५ मा रहेका ट्वाङखोला रोल्पालीतरा सिचाई जल उपभोक्ता समुहको कुलो, बबरपुर सिचाई कुलो, च्याटीखोला पुर्ब हापुरे सिचाई कुलो र बबई ७ मा रहेको मठेउरी सिचाई कुलोको अनुगमन गर्नुभएको हो ।

चारवटा कुलाले सयौँ बिगाहा जग्गामा सिचाई हुने भन्दै मन्त्री चौधरीले सबै सिचाई आयोजना सफल बनाउनका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले प्रत्येक नागरिकको खेतबारीमा सिचाई पु¥याउने लक्ष्य लिएको बताउँदै मन्त्री चौधरीले बबईमा रहेका ठूलो सिचाई आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

अनुगमनका क्रममा जलस्रोत तथा सिचाई डिभीजन कार्यालय तुलसीपुरका प्रमुख कृष्णबहादुर बिक, बबई गाउँपालिकाका पुर्ब अध्यक्ष भुबनेश्वर पौडेल, बबई गाउँपालिकाका कार्यपालिका सदस्य नारायण परियार, नोखी डाँगीलगायत स्थानीय उपभोक्ताहरुको सहभागीता रहेको थियो।

Facebook Comments