घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको १३ औं पुण्य तिथिमा शुक्रवार विहान घोराहीमा श्रध्दाञ्जलि कार्यक्रम सम्पन्न गरिएको छ । संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता एवं पुर्व अध्यक्ष माधव प्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको थियो ।
स्व श्रेष्ठको शैक्षिक, राजनितीक र सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान रहेको प्रमुख अतिथि शर्माले वताउनु भयो । उहाँका विचारको संघले अनुसरण गर्ने शर्माको भनाई थियो । गत २०२७ सालमा स्थापना भएको संस्थाका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य श्रेष्ठको कात्तिक १८ गते ८२ वर्षको उमेरमा काठमाडौं मा निधन भएको थियो ।
शोकको घडीमा स्व श्रेष्ठको सम्मान स्वरुप अन्त्योष्टिको दिन आधादिन बजार बन्द गरिएको थियो । यसैगरी एक दिनसंघको कार्यालय बन्द , तिन दिन संघको झण्डा आधा झुकाउने, संघमा शोक पुस्तिका राख्ने लगायत विविध कार्यक्रम गरिएको थियो । कार्यक्रम सन्चालन संघका महासचिव महेन्द्र बुढाथोकिले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।