श्रवण कुमार यादव
राजपुर। दाङको राजपुर गाउँपालिका वडा नं १,२ र ३ मा दुई दिने आधारभुत तहमा समावेशी समुदाय विकास र सशक्तिकरणका लागि सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना तालिम सम्पन्न भएकोे छ।
स्ट्रोम फाउण्डेशन र एच्.डब्लु.ई.पी.सि.(HWEPC) को संयुक्त पहलमा आयोजित यस तालिम समुदायका सदस्यहरूलाई शिक्षाको माध्यमबाट सशक्त बनाउँदै उनीहरूको आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने मुख्य उद्देश्य सहित सम्पन्न भएकोे हो।
आधारभुत तहमा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धि सम्पन्न तालिममा वडा नं १, २, र ३ का ३० जना शिक्षकहरु सहभागी भएका थिए। दुई दिन चलेको तालिममा सहजीकरण तथा प्रशिक्षककाे रूपमा राजपुर गाउँपालिका शिक्षा शाखा अधिकृत केशव लम्साल र जन ज्योति माध्यमिक विद्यालयका शिक्षक भिमकन्त यादव रहेका थिए।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका शिक्षक थिम लिडर कार्यक्रम संयोजक मोतीराम चौधरीका अनुसार आधारभुत तहमा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सिकाईको आवश्यकता किन र कसका लागि, कहिले र कसरी गर्ने भने विषयमा छलफल गरिएको थियो।
यस्तै न्यूनतम सिकाइ सक्षमताको मापनको कार्य ढाँचा र नमुना प्रशनपत्र तथा विद्यार्थी वर्गीकरण र विषयवस्तुको छनौट तथा सिकाइ आपुरणको रणनीतिहरु के के हुन् र यसको कार्यान्वयन योजना निर्माण र कार्यान्वयनको बारेमा विस्तृत छलफल समेत गरिएको थियो।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका दाङ जिल्ला निर्देशक प्रदिप मजगैयाँकाे अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।