• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमको प्रसिद्ध डिग्रे मेला सुरु




रुकुमपश्चिम। रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला आज देखि सुरु भएको छ।

मुसिकोट नगरपालिका, ५–थर्पुमा रहेको डिग्रे साइकुमारी मन्दिर परिसरमा आज हरिबोधिनी एकादशी देखि मेला सुरु भएको डिग्रे मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने भए पनि एकादशी देखि नै मेला सुरु हुन्छ।

यो वर्ष कार्तिक ३० गते मुख्य मेला परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो। हरेक वर्ष ५ दिन मेला लाग्ने भए पनि यो वर्ष भने तिथि घटबढका कारण कार्तिक २७ गते आज देखि ३० गतेसम्म ४ दिन मेला परेको उहाँले बताउनुभयो।

यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि हरिबोधिनी एकादशी देखि पूर्णिमासम्म विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सङ्ख्या पनि धरै हुन्छ। एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुन्छ भने पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ।

आज एकादशीका दिन र पूर्णिमाको दिन बलि चढाउन नमिल्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले बताउनुभयो। तर पूजाआजा भने एकादशी देखि पूर्णिमाको दिनसम्मै हुन्छ। यो वर्ष तिथि घटबढ परेका कारण मेला अवधिमा बुधवार र बिहीबार मात्र बलि चढाउन मिल्ने बताइएको छ।

Facebook Comments