घोराही । नेपाली कांग्रेस दाङले आजदेखि दाङका १०० वटा वडामा १०० दिने संगठन सुदृढीकरण अभियान थालेको छ । प्रत्येक वडामा गएर सबै समस्याको समाधान र समाधान हुन नसकेका विषयमा समाधानको सुझाव लिएर आउने गरी दाङ कांग्रेसले १०० वटै वडामा जिल्लाबाट प्रतिनिधि खटाएर अभियान सुरु गरिएको हो ।
कांग्रेसको विधान र नीति नियममा भएको व्यवस्थाका बारेमा छलफल चलाउने जनाइएको छ । क्रियाशील सदस्यता वितरण विवाद रहित बनाउन, कांग्रेसभित्रका गुट उपगुट अन्त्य गरी एकताबद्ध र बलियो कांग्रेस बनाउन अभियानले भुमिका खेल्नेछ । आपसी मनमुटाव, पार्टीप्रतिका असन्तुष्टि र स्थानीय सरकारबाट गरिएका अपेक्षा पनि संकलन गरिने दाङ कांग्रेसले जनाएको छ ।
त्यसक्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर ३ मा प्रतिनिधि खटिनु भएका बिपुल पोख्रेलको उपस्थितिमा अभियान सुरु गरिएको छ जस्मा वडाको वार्षिक क्यालेन्डर निर्माण गर्ने, भातृ संगठन बिस्तार गर्ने र स्थानीय सरकार संग गुनासो लगायत बिसयमा छलफल भएको प्रतिनिधि पोख्रेलले जानकारी दिनु भयो ।
१०० दिनमा प्रत्येक टोल टोलमा पुगेर संगठन बिस्तार गर्ने , समुदायमा कांग्रेसलाई पुर्याउने तथा जनगुनासो सन्ने गरिने बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा प्रतिनिधि खटिनु भएका कृष्ण सुवेदीले जानकारी दिनु भयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।