• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस




रुकुम। रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उप निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पुन सिफारिस हनु भएको थियोे।

नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताउनु भयो । अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस हुनुभएको हो।

१० जना आकाङ्क्षीहरु आफै सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै बिजयको सन्देश दिनु भएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनु भयो माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नु पर्ने मन्त्री पुनले बताउनु भयो।

गाउँ कमिटी अध्यक्ष हर्कप्रसाद कामीको अध्यक्षतामा सम्पन्न भएको विस्तारित बैठकमा नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनको प्रमुख अतिथि, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओलीको विशेष अतिथि, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा भुमे गाउँपालिका संस्थापक अध्यक्ष रामुसुर बुढा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा पुथा उत्तरगङ्गा गाउँपालिका संस्थापक उपाध्यक्ष ओमकुमारी शाही मल्ल, नेकपा माओवादी केन्द्र रुकुम पूर्व जिल्ला संयोजक तथा सिस्ने गाउँपालिका संस्थापक अध्यक्ष कुमारी बराल लगाएतको अतिथिमा नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा कमिटीको विस्तारित बैठक सम्पन्न भएको हो।

पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको गत महिना भाद्र २८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा परि वडा नं. २ का वडा अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढा सहित मृत्यु भएर उपाध्यक्ष पद र वडा अध्यक्ष पद रिक्त रहेको छ।

Facebook Comments