• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संस्थापक अध्यक्ष श्रेष्ठको निधनप्रति दाङ उवासंघद्वारा शोक व्यक्त




घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको निधन प्रति संघले शोक व्यक्त गरेको छ ।
मंगलवार संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतमा बसेको पुर्व अध्यक्ष सहितक बैठकले शोक मनाउने निर्णय गरेको हो ।

२०२७ सालमा स्थापना भएको संघका संस्थापक अध्यक्ष एवं पुर्व केन्द्रीय सदस्य श्रेष्ठको कात्तिक १८ गते साझ ८२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो । शोकको घडीमा सम्मान स्वरुप आज दिउसो तिन बजे सम्म बजार बन्द गर्न व्यवसायीलाई संघले अनुरोध गरेको संघका अध्यक्ष जोशीले सिस्ने अनलाइन जानकारी दिनु भयो ।

यसैगरी आज संघकाे कार्यालय बन्द गर्ने, तिन दिन सम्म संघकाे झण्डा आधा झुकाउने, संघमा शाेक पुस्तिका राख्ने र १३औं दिनमा श्रध्दाञ्जलि सभा गर्ने निर्णय गरिएको संघका महासचिव महेन्द्र बुढाथोकिले जानकारी दिनुभयो ।

Facebook Comments