• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा मोटरसाइकल दुर्घटना परि एक जनाको मृत्यु




 

घोराही । दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

राप्ती गाउँपालिका वडा नम्बर ५ कमलरोडका २२ वर्षीय प्रेम राना मगरको मृत्यु भएको हो।

लमहीबाट गढवातर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लमही नगरपालिका वडा नम्बर ५ बैंकरोड नजिकै सोमबार बिहान साढे ६ बजेतिर दुर्घटनामा परेको अवस्थामा फेला परेको थियो।

अचेत अवस्थाका फेला परेका मगरलाई लमही अस्पताल पुर्‍याएलगतै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बताए ।

दुर्घटनाको समय यकिन भइनसकेको भए पनि बिहान मात्रै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

Facebook Comments