दाङ। सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४-२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७-१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११-० गोलअन्तरले हराएको थियो।
त्यसैगरी नेपालले श्रीलङ्कालाई ६-० ले पराजित गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३-१ ले पराजित गरेको थियो ।
यसअघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बङ्गलादेश फेरि उपाधि जित्ने प्रयासमा छ ।
नेपाललाई अघिल्लो संस्करणको हारको बदला लिएर उपाधि जित्ने मौका छ । सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बङ्गलादेशलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।