तुल बहादुर कवँर मगर
मसुरीया । दाङको राप्ती गाउँपालिकामा साेमबार भूमि-कृषि सम्बन्धी सरोकारवाला निकायसँग सम्वाद कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक आत्मनिर्भर सेवा केन्द्र लमहीकाे आयोजना तथा राप्ती गाउँपालिका दाङ र युएन ह्याबिटाटकाे समन्वयमा साे कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रममा राप्ती गाउँपालिकाकि उपाध्यक्ष कमलापती चाैधरीले कृषि र भूमिसँग सम्बन्धित चुनौतीहरूको समाधान गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो।
त्यस्तै उहाँले पालिकाले भूमिहीन,भूमिहीन दलित ,सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुकाे लागि लालपुर्जा दिने उदेश्यले जग्गाको नापजाँच गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयाे।
स्थानीय कृषकहरूलाई सक्षम र सशक्त बनाउन भूमि व्यवस्थापन र कृषि प्रविधिको पहुँच पुर्याउने विषयलाई पालिकाले विशेष प्राथमिकतामा राखेको बताउदै उपाध्यक्ष चौधरीले त्यसको लागि सबैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा युएन ह्याबिटाटका बन्दना सिन्हा र समुदायलाई आत्मनिर्भर सेवा केन्द्रका रेमन्त चाैधरीले करार खेती,भूमि बैंककाे आधार लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,गाउँ कार्यपालिका सदस्यहरु,विभिन्न शाखाका शाखा प्रमुख,गाउँ अगुवा,कृषक,पत्रकारहरु लगायतको सहभागीता रहेको थियो ।
सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका जगबिर चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण सेवा केन्द्रकी भूमि – कृषि कार्यक्रम अधिकृत जुगमानी चाैधरीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।