• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
काेरियाका व्यवस्थापन प्रतिनिधिद्वारा कृषि र शिक्षा क्षेत्रमा अवलोकन




बिष्णु गाराथाेकी
प्यूठान । स्वर्गद्वारी नगरपालिकाले दक्षिण काेरियाका व्यवस्थापन प्रतिनिधिहरुलाई आइतबार एक अनौपचारिक कार्यक्रम गरि स्वागत गरेकाे छ ।

स्वर्गद्वारी नगर‌पालिका र दक्षिण काेरीयाबीचको सम्बन्ध कायम गर्न अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएकाे नगरप्रमुख टेकप्रशाद भण्डारीले बताउनुभएको छ ।कृषि र शिक्षा क्षेत्रमा परामर्श साथै प्राबिधिक सहयाेगकाे सङ्केत देखिएको उहाँले बताउनुभएको छ ।

केजेएम ग्लोबल मानव संसाधन व्यवस्थापन प्रतिनिधि जीयङ युङ्जु, लि हिसो र एन.आर.एन दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाइ (दाेभाषे) सहित तीन जनाले स्वर्गद्वारी नगरपालिकाभित्र रहेका कृषकले उत्पादन गरेकाे विभिन्न प्रकारका तरकारी साथै फर्महरुकाे अवलाेकन गरेका हुन् । उनीहरुले कृषि क्रान्तिकाे लागि उपयुक्त हावापानी रहेकाे पनि बताएका थिए ।

पछिल्लो समयमा काेरियामा उपयुक्त जनसंख्या नभएकोले निकट भविष्यमा जिटुजिमार्फत आवश्यकता अनुसार कामदार काेरिया लग्न सक्ने तर अहिलेकाे भेटवार्तामा सामान्य परामर्शसँग सम्बन्धी छलफल भएको प्रमुख प्रशासकीय अधिकृत बिमल रिजालले बताउनुभएको छ ।

काेरियाकाे स्थानीय निकायले आफुले लगानी गर्ने उपयुक्त वातावरण खाेजेकाे र त्यसको लागि प्राबिधिक टिमसहित बिशेष याेजनासहित मार्च वा अप्रिलमा आउने भन्ने सामान्य अन्तरक्रिया भएको कृषि शाखा पशु चिकित्सक हेमराज आचार्यले जानकारी दिनुभएको छ ।

Facebook Comments