काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेल पेनाल्टी सुटआउटमा सकिएपछि नेपालले भारतमाथि रोमान्चक जित निकलेको हो ।
नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको खेल निर्णायक पेनाल्टी सुटआउटमा पुगेको थियो ।
खेलका क्रममा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो ।अब फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।