• १८ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरको माररीमा सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता सम्पन्न




दाङ। राजपुरको गाउँपालिका वडा नम्बर १ माररी खोलामा सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

मेला व्यवस्थापन समितिका अध्यक्ष रमेश बिकको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले माररीमा विकास गर्नका लागि जनताहरु एकजुट र सचेत भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले माररी खोलाको विकास गर्नका लागि तत्काल बेलादेखि माररी खोलासम्मको बाटो र विद्युत लाइनका लागि सर्भे गर्दा जंगलमा पर्ने रुखहरु काट्ने क्रममा विभिन्न समस्याहरुसंग जुध्दै गर्दा आफुहरुले मुद्दा समेत खेप्नुपरेको स्मरण गर्दै आगामी दिनमा निरन्तर पालिका भित्रको विकासमा लाग्ने बताए ।

उनले वडा नम्बर १ को सुकौली र सिरिया नाकामा पानी खुवाउनका लागि विभिन्न समयमा वडा अध्यक्षलाई २/४ दिन लगातार पठाएर त्यहाँका नागरिकलाई झक्झकाउदा बल्ल पानी खुवाउन सम्भव भएको बताए । त्यसैगरी उनले बेला,ताउले हुँदै पटौली नाका जोड्ने बाटोका लागि गुरुयोजनामा पारी सकेको र वडा नम्बर १ को गुरुङ नाकादेखि पश्चिम् भौवा नाकासम्म जोड्ने बाटोको लागि पनि गुरुयोजना अन्तरगत परि सकेको हुँदा अब कुनै चिन्ता लिनुपर्ने नभएको बताए ।

यस्तै अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिका भित्र कृषकले उत्पादन गरेको खाद्यान्न लगायत अन्य उत्पादित बस्तुमा बिचुलियाले फाइदा लिने र कृषकले पाउनुपर्ने रेड नपाएको समस्यालाई मध्यनजर गरेर अहिले पालिकाद्वारा बेला-राजपुर कृषि सहकारी संस्था खोलेर कृषकलाई राम्रो मुल्य प्रदान गरिरहेको समेत बताए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेकी राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले पहिलेको तुलनामा अहिले विकासको कार्यले धेरै गति लिएको बताएकी छिन् । उनले वर्षाको समय बाहेक अन्य समयमा गाडी चढेर खोला,नाका जाने आउने वातावरण बनेको समेत बताइन् ।

उनले पालिका भित्रका महिला दिदिबहिनीहरुका लागि विभिन्न सीपमूलक तालिम दिने गरेको र साथसाथै जनचेतनामूलक कार्यक्रमहरु गरेर जनस्तरमा जनचेतना समेत जगाउने गरेको बताइन् । उनले भलिबल खेलाडीहरुको लागि खेल हुनु अघि आयोजकलाई खेल सामग्रीहरु प्रदान गरेको र आगामी दिनमा पनि निरन्तर गर्ने बताएकी छिन् ।

यस्तै कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुर्य प्रसाद चौधरीले वडाको विकासका लागि प्रदेशका मन्त्री सहितको टोलीलाई नाका क्षेत्रमा लगेर त्यहाँको बारेमा अध्ययन गराइ सकेको र अब छिट्टै संघीय मन्त्री सहितको टोलीलाई वडा नम्बर १ को नाका क्षेत्रमा लिएर जाने तयारी गरेको बताएका छन् । यस्तै उनले आफ्नो वडा भित्रको समग्र विकासका लागि आफू लगायत आफ्नो टिम निरन्तर लागि परेको समेत कार्यक्रममा बताए ।

त्यस्तै जलबरा मिडियाका संचालक टोपेन्द्र खनालले जनताले अहिले असल शासन गर्ने व्यक्ति र साझ बिहान खाने रासन खोजेको हुँदा जनताका लागि सम्बन्धित सरोकारवाला निकायले सोही बमोजिम कार्यहरु गर्नुपर्ने बताएका छन् । उनले अहिलेका जनप्रतिनिधिहरु जुन पोस्टमा छन् । त्यो पोस्टमा पुराउनका लागि कुनै चाइना र भारतका नागरिक आएर मतदान नगरेको र यहाँकै नागरिक आफ्नो अमुल्य मतदान गरेर सो स्थानमा पुर्‍यएको हुँदा यहाँका नागरिकहरुको हितका लागि कार्य गर्नुपर्ने बताए । उनले कुनै पनि व्यक्तिलाई पोस्टमा पुर्‍याएपछि खुट्टा तान्ने प्रविधिको अन्त्य गरेर काम गर्न दिनुपर्ने बताए ।

कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका खनालले जनप्रतिनिधिलाई आगामी दिनमा राम्रो कामको मात्र प्रचार गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे । उनले भने,हामीले राम्रो कामको प्रचार गर्न पाइयोस् । राम्रो भिडियो बनाउन पाइयोस् ।

दियो असल शासन युवा क्लबका अध्यक्ष गुलसन सुनारको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा नृत्य प्रतियोगिताबाट प्रथम बेला युवा क्लब र द्वितीय आयोजक टिम बिजय भएको आयोजकले जनाएको छ । त्यस्तै भलिबल प्रतियोगितामा प्रथम राजपुर-३ करङ्गा खोला,द्वितीय राजपुर-१ सुकौली नाका र तृतीय राजपुर -१ पटौली नाका बिजय भएको छ । खेल टिटि सिस्टममा खेलाइएको थियोे ।

त्यस्तै महिला भलिबल प्रतियोगितामा प्रथम राजपुर १ सुकौली नाका,द्वितीय राजपुर -३ करङ्गा र तृतीय माररी आयोजक टिम रहेको उक्त कार्यक्रमको संचालन वडा नम्बर १ का दलित महिला सदस्य भिम कुमारी सुनारले गरेकी थिइन् ।

Facebook Comments