• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरमा युवा विकासका लागि सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया




श्रवण कुमार यादव
देउखुरी। राजपुर गाउँपालिकामा “युवा विकासका लागि सञ्चार माध्यमको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक बिहीबार सम्पन्न भएको छ।

स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङद्वारा संचालित विलिभ कार्यक्रम अन्तर्गत राजपुर गाँउ युवा परिषदको आयोजना र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमकाे प्रमुख अतिथि तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले गाउँपालिकाले युवा सशक्तिकरणका लागि चलाएका कार्यक्रमहरूबारे जानकारी गराउँदै युवाहरूलाई सक्रिय योगदान गर्न प्रेरित गर्नुभयो।

अध्यक्ष बुढाथोकीले संचार विनाको विकास र विकास विनाको संचार हामी कल्पना गर्न सक्दैनौं अर्थात संचार विना विकासको प्रचार-प्रसार हुन सक्दैन भने विकास विना संचारको औचित्य पुष्टि हुन सक्दैन। युवा राष्ट्रको मेरुदण्ड हुन् त्यस कारण युवा विकासमा सञ्चार माध्यमको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो।

त्यस्तै कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति देवि यादवले युवाहरूको भविष्य निर्माणका लागि गाउँपालिकाको प्रतिबद्धता रहेको बताउनुभयो।

त्यस्तै राजपुर गाउँपालिकाकी महिला तथा बालबालिका शाखाकी सुनिता चौधरीले विकास र संचार एक अर्काका परिपुरक रहेको बताउनुभयो।

एक देखि सात वडा नं सम्मका करिब ४० जना युवाहरू सहभागी भएको कार्यक्रममा सञ्चार माध्यमले युवाहरूको विकास, क्षमता अभिवृद्धि र रोजगारको सम्भावनाहरू, सञ्चारमा चुनौती र समस्या, साइबर अपराध लगायत विषयमा खेल्ने भूमिकाकाे बारेमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो।

आशिष चौधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको अन्तर्क्रिया कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङ द्वारा संचालित विलीभ कार्यक्रम सामाजिक परिचालक अम्रेश कुमार यादवले कार्यक्रमको बारेमा विस्तृप्त जानकारी दिनुभएको थियो। सञ्चारकर्मी किरण विक्रम शाह र श्रवण कुमार यादवले अन्तर्क्रिया कार्यक्रममा प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।

राजपुर गाउँपालिकामा युवा परिषदका सदस्य नरेन्द्रसिंह यादवकाे सभाध्यक्षतामा सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रममा ओम प्रकाश यादवले सहजीकरण गर्नुभएको थियो।

Facebook Comments