रोल्पाको थबाङ गाँपालिका ३ मिरुल स्थित माराखर्कमा निर्माणाधिन नेपाल टेलिकमको टावर स्थापना गरिएको छ ।
टावरलाई आबश्यक पर्ने सोलार पावर पनि मिरुलको टुटुमा पुगिसकेको छ ।
लामो समय देखिको आफूहरुको निरन्तर प्रयासपछि अब बल्ल यो टावर निर्माण भएको भन्दै स्थानीय अगुवा जीवन रोका मगरले खुशी व्यक्त गर्नुभयो ।
यो टावरबाट थ्री जी नेट सहितको इन्टरनेट सुबिधा रहने छ ।
झण्डै दुइ हप्तापपछि टावर जडान कार्य सम्पन्न गरी सेवा शुरु गरिने पनि उहाँले जानकारी दिनुभयो ।
यहाँ टावर बनेसँगै अब थवाङका सबै वडामा टेलिफोन नेटवर्क विस्तार हुनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।