• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाँकेमा टाउको काटेर फालेको अबस्थामा शव फेला 




दाङ । बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीमा टाउको नभएको एक पुरुषको शव भेटिएको छ । ती पुरुषको दसैँको दिन राति घाँटी काटेर हत्या गरिएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतल नगरमा हत्या गरिएको अवस्थामा शनिवार राति सो शव फेला परेको थियो ।

टाउको नभएको अवस्थामा फेला परेको शवको सनाखत स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको रूपमा भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार शवको सनाखत चन्द्रबहादुरका पिताले गरेका छन् । सो शव घरदेखि करिब ५०० मिटर टाढा फेला परेको थियो ।

Facebook Comments