• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु




रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । माडी गाउँपलिका-४ तालाबाङस्थित आरुवानजिकै यात्रु पुर्‍याएर फर्कने क्रममा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यात्रु पुर्‍याएर स्थानीय रिजाबाङबाट भित्री सडक हुँदै घर्तीगाउँतर्फ फर्कने क्रममा लु १ ज ४५८० नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका स्थानीय खस्रेडाँडा बस्ने २५ वर्षीय युवक अर्जुन डाँगीको उपचारका क्रममा रोल्पा अस्पतालमा मृत्यु भएको हो । माडीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि रोल्पा अस्पतालमा लगिएकोमा शुक्रबार बिहान २ बजे उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

जिप सडकबाट करिब ६५ मिटर तल खसेको थियो । केही दिन अघिसम्म परेको अविरल वर्षाले बिगारेको ग्रामीण सडकको अवस्था राम्रो एवं सुरक्षित नभए पनि चालकले जिप चलाएको स्थानीयले बताएका छन् । दुर्घटनामा ज्यान गुमाएका युवा अर्जुन वैदेशिक रोजगारीका लागि जाने अन्तिम तयारीमा रहेका थिए ।

घटनाबारे जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा ९ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो । प्रहरी निरीक्षक भण्डारीका अनुसार जिपमा सवार चालकसहित ३ जना भएको सूचना पाए पनि घटनास्थल पुग्दा चालक र सहयोगी भेटिएनन् ।

Facebook Comments