दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सन्चालन गर्ने भएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैं बिदामा पनि ओपिडि सन्चालन हुने जानकारी दिनुभयो ।
एमडीजिपी डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखि २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागीएको उहाँले बताउनुभयो । प्रतिष्ठानको कोठा नम्बर १५ मा डा. जैसवालबाट बिरामीले आफ्नो सेवा लिनेछन् ।
जैसवालको फोन नम्बर 984-1115759 रहेको छ । बडा दशैंको विदाका दिनहरूमा समेत् प्रतिष्ठानको MDGP विशेषज्ञ चिकित्सकद्वारा EHS OPD सन्चालन गरिने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।