• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेतुलाल स्मृति कपः प्रथम पुरस्कार न्यू स्वर्गद्वारी फर्निचर र द्धितिय पुरस्कार ब्राइट फ्युचर इन्स्टिच्युटले दिने




घोराही । दाङको बंगलाचुली गाउँपालिकामा कार्तिक २ गतेदेखि हुनलागेको प्रथम खेतुलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगितालाई घोराही–१८ नवलपुरमा रहेको न्यु स्वर्गद्धारी फर्निचर उद्योगले प्रथम पुरस्कार दिने घोषणा गर्नु भएको छ । उक्त फर्निचर उद्योगमा फर्निचर सम्बन्धी अडर अनुसार सम्पुर्ण कामहरु गरिन्छ । नेपाली काँग्रेस बंगलाचुली गाउँपालिकाको उप–सभापति समेत रहनु भएका इन्द्रमणी वली न्यु स्वर्गद्धारी फर्निचर उद्योगको संचालक हुनुहुन्छ ।

त्यसैगरी द्धितिय पुरस्कार घोराही–१५ भरतपुरमा रहेको ब्राईट फ्युचर प्राविधिक शिक्षालय एण्ड ब्राईट फ्युचर कम्प्युटर इन्स्टिच्युटले गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक तथा समाजसेवी विक्रम डाँगीले जानकारी दिनु भयो । उक्त इन्स्टिच्युटमा कम्प्युटर कक्षा,जापानिज भाषा वर्किङ र स्टुडेन्ट भिषा र सम्पुर्ण अनलाइन फारमको सेवाहरु रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक डाँगीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता सहभागी हुनका लागि टिम दर्ता शुल्क ३ तिन हजार लाग्ने र कार्तिक १ गते सम्म टिम दर्ता गरि सक्नु पर्ने आयोेजकले जनाएको छ ।

नेपाली काँग्रेसका सक्रिय सदस्य तथा बंगलाचुलीका क्रिकेट खेलाडी समेत रहेका स्व. खेतुलाल नेपालीको जेष्ठ २० गते बंगलाचुलीमा मोटरसाइकल दुर्घटना परि मृत्यु भएको थियो

Facebook Comments