• १८ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा प्रथम खेतुलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने




घोराही । दाङको बंगलाचुली गाउँपालिकामा प्रथम खेतुलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

यही कार्तिक २ गतेदेखि गढिलेक खेल मैदानमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक तथा समाजसेवी विक्रम डाँगीले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक डाँगीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता सहभागी हुनका लागि टिम दर्ता शुल्क ३ तिन हजार लाग्ने र कार्तिक १ गते सम्म टिम दर्ता गरि सक्नु पर्ने आयोेजकले जनाएको छ ।

नेपाली काँग्रेसका सक्रिय सदस्य तथा बंगलाचुलीका क्रिकेट खेलाडी समेत रहेका स्व. खेतुलाल नेपालीको जेष्ठ २० गते बंगलाचुलीमा मोटरसाइकल दुर्घटना परि मृत्यु भएको थियो

Facebook Comments