• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरसफाइमा स्थानीय सरकारले उदाहरणीय काम गरेका छन् : नगर प्रमुख चौधरी




घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले स्थानीय सरकारले सरसफाइमा उदाहरणीय काम गरेको बताउनुभएको छ । बुधबार र बिहिबार श्रीलंकाको कोलम्बोमा आयोजित दक्षिण तथा दक्षिण पूर्वी एशियाका शहरहरुको समावेशी सरसफाई सम्मेलनलाई सम्बोधन गर्दै चौधरीले स्थानीय सरकारले सरसफाइलाई नागरिकको आधारभूत आबश्यकताका रुपमा लिएर काम गरेको बताउनुभएको हो ।

नेपाल नगरपालिका संघले बिभिन्न संघ, संस्थाका साथै संघीय र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दै सरसफाईका क्षेत्रमा उदाहरणीय काम गरेको उहाँले बताउनुभयो । ‘हामीले नगरपालिका संघका तर्फबाट संघीय सरकारलाई नीतिगत तहमा दवाव सिर्जना गर्ने र सरसफाईका कार्यक्रममा अगुवाई गर्ने काम गरेका छौं,’ उहाँले भन्नुभयो,‘स्थानीय सरकारको साझा संस्थाले कसरी सरसफाईमा योगदान गर्न सक्छ भन्ने सफल उदाहरण नेपालमा भएको छ ।’

नागरिकलाई आधारभूत सरसफाईको ग्यारेण्टी गर्नु स्थानीय सरकारको संबैधानिक दायित्व भएको उहाँले बताउनुभयो । सुरक्षित सरसफाईलाई लक्ष्य बनाएर सबै दक्षिण एशियाका देशहरुले काम गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । ‘दिगो विकास लक्ष्यलाई आधार बनाएर हामीले काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो,‘दक्षिण एशियाका सबै देशले सरसफाई अभियानमा सहकार्य गरौं, समन्वय गरौं ।’

नेपालमा स्थानीय सरकारले सरसफाईका क्षेत्रमा धेरै उदाहरणीय काम गरेको बताउँदै उहाँले यस्ता काममा सहकार्य गर्न सबै देशहरुलाई आह्वान गर्नुभयो । नेपालका स्थानीय सरकार सरसफाईको अभियानमा अन्य देशसँग पनि समन्वय र सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको उहाँले बताउनुभयो ।

Facebook Comments