• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज पर्यटन दिवसः लुम्बनी प्रदेशमा ‘घुमौं लुम्बिनी’ कार्यक्रम




दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश’को दीर्घकालीन लक्ष्य पूरा गर्न पर्यटन क्षेत्र महत्त्वपूर्ण आधार स्तम्भ भएको बताएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको बताएका हुन् । लुम्बिनी प्रदेश सरकारले ४५औँ विश्व पर्यटन दिवस दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ यस वर्ष पर्यटन दिवस मनाउन थालिएको हो ।

‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारको रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ,’ उनले भनेका छन्, ‘स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसरहरू सिर्जना गर्न सरकार पूर्ण प्रतिबद्ध छ ।’

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूलाई १२ जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलमा पुर्‍याउन लुम्बिनी पर्यटन सर्किट बनाउने गरी सरकारले काम थालेको आचार्यको भनाइ छ ।

सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसको अवसरमा विश्वव्यापि आवागमनलाई सहज, सरल तथा पहुँचयोग्य बनाउने उद्देश्य राखेर संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको आह्वानमा हरेक वर्ष विश्व पर्यटन दिवस संशारभर विभिन्न कार्यक्रम गरेर मनाइँदै आएको छ ।

Facebook Comments