• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा ४५ औं विश्व पर्यटन दिवस मनाइँदै




घोराही । दाङको घोराहीमा ४५औं विश्व पर्यटन दिवस–२०८१ भव्य रुपमा मनाइँने भएको छ ।
“पर्यटन, न्याय र शान्ति” भन्ने मूल नाराका साथ लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनमा लुम्बिनी प्रदेशस्तरको विश्व पर्यटन दिवस यही असोज ११ गते घोराहीको सहिद मञ्चमा मनाइँने भएको हो । प्रचारप्रसार उपसमितिले बुधबार घोराहीमा पत्रकार सम्मेलनगरी दिवसको बारेमा जानकारी दिएको हो ।

ेपर्यटन दिवसको बारेमा जानकारी दिंदै कार्यक्रमबाट लुम्बिनी प्रदेशका पर्यटकीय सम्पदाको प्रचारप्रसार हुने र घोराहीको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको मुल समारोह समितिको सहसंयोजक हुमाकुमारी डिसीले बताइन । सह–संयोजक डिसीका अनुसार कार्यक्रममा मुख्य आकर्षणको रुपमा लुम्बिनी प्रदेशका बिभिन्न पहिचान झल्किने लोक साँस्कृति झाँकी तथा नृत्यहरु प्रस्तुत रहुनका साथै विभिन्न जातजातिका परम्परागत रैथाने खाना र हस्तकलाको प्रदर्शनी हुने छन् ।

पर्यटन दिवसमा पाँच प्रकारका जातीय लोक परिकार प्रदर्शन गरिनेछ । जसमा थारु परिकार, मगर परिकार, नेवार परिकार, अवधी परिकार र मुस्लिम परिकार समावेश गरिएको आयोजकले जनाएको छ । यसैगरी सात प्रकारका हस्तकला प्रदर्शनी पनि हुनेछन् । जसमा रेशाजन्य सामग्री (अल्लो आदि), कॉसमुजजन्य सामग्री (गोरीकला), ऊनजन्य सामग्री, काष्ठकला सम्बन्धी सामग्री (काठमा बुट्टा कुँद्ने, परम्परागत ठेकाठेकी आदि), मृतिका कला सम्बन्धी सामग्री, धातुकला सम्बन्धी सामग्री (करुवा, खुकुरी, चुलेसी) र चर्मकला सम्बन्धी सामग्री पर्दशनी गरिने समेत आयोजकले जनाएको छ ।

यसैगरी आकर्षणका रुपमा १० प्रकारका जातीय लोक नृत्य तथा संगितहरु प्रस्तुती गर्ने कार्यक्रमको तय भएको छ। जसमा गन्र्धव समुदायको सारंगी धुन, थारु जातीको बड्का नाच, नुवागाउँले सोरठी नाच, नेवार समुदायको लाखे नाच, अवधि समुदायको अवधि नाच, देउखुरीको थारु जातिको कठघोरी नाच, चारुको सख्या नाच, पाल्पाको कौरा नाच, मगरको भूम्या नाच र सरंगे (मयुर) नाच प्रस्तुत हुनेछन् ।

कार्यक्रममा उत्कृष्ट झाँकी र नृत्यहरु प्रस्तुत गर्नेलाई पुरस्कृत गरिने भएको छ भने कार्यक्रममा निशुल्क स्टलको व्यवस्था गरिएको समेत मुलआयोजक समितिले जनाएको छ । दिवसको अवसरमा बाहिरी जिल्लाहरुबाट आउनुभएका अतिथि र कलाकारहरुलाई यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि घोराहीका बराहक्षेत्र बाह्रकुने दह, ज्यामिरे दह, लखनपार्क, अम्बिकेश्वरी मन्दिर, गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ, चेपे दह, रामपुरको हनुमान मन्दिर र पाण्डवेश्वर महादेव धामको भ्रमण गराउने कार्यक्रम रहेको प्रचारप्रसार उपसमितिका संयोजक दुर्गालाल केसीले जानकारी दिए ।

कार्यक्रम हुनु भन्दा अगाडि बिभिन्न झाँकीसहित घोराही बजार परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर दिवस मनाइने भएको छ । लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको अध्यक्षता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको छ ।

मुल समारोह समितिको सहसंयोजक हुमाकुमारी डिसीको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण प्रचारप्रसार उपसमितिका संयोजक दुर्गालाल केसीले गरेका थिए ।

 

Facebook Comments