• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रबि स्मृति कप फुटवल प्रतियोगिता हुने




तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मज्गै निवासी स्वर्गिय रबि बस्नेतको स्मृतिमा प्रथम रबि स्मृति फुटवल कप हुने भएको छ ।

यही असोज १३ देखि १७ गतेसम्म जागृती टोल विकास संस्थाको आयोजना तथा मज्गै फुटवल क्लवको सहयोगमा मज्गै खेल मैदानमा रबि स्मृति कप फुटवल प्रतियोगिता आयोजना गरिएको मज्गै फुटवल क्लवका संयोजक चुर्णबहादुर बस्नेतले जानकारी दिनुुभयो ।

प्रतियोगितामा प्रमथ हुने प्रतियोगी समूहलाई नगद २९ हजार ९ सय ९९ रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्र, द्वितिय हुने प्रतियोगी समूहलाई १४ हजार ९ सय ९९ रुपैयाँ कप, मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरिने जागृती टोल विकास संस्थाका अध्यक्ष मोहनलाल बस्नेतले जानकारी दिनुुभयो ।

गतवर्ष सवारी दुर्घटनामा ज्यान गुुमाएका स्वर्गिय बस्नेतको स्मृतिमा पहिलो पटक जिल्ला स्तरिय फुुटवल प्रतियोगिता आयोजना गरिएको हो ।

Facebook Comments