• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश ५ का मुख्यमन्त्री चीन भ्रमणमा, यस्ता छन् चीनमा सहभागी हुने कार्यक्रम





प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल आज मित्र राष्ट्र चीनतर्फ प्रस्थान गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा उहाँ चीनको छेन्दु प्रस्थान गर्नुभएको हो । चाइना साउथर्न एयरलाइन्सबाट १० बजेर ४० मिनेट जादा हुने नियमित उडानबाट उहाँ छेन्दु प्रस्थान गर्नुभएको हो ।

मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई,मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी,स्वकीय सचिव तिरनराज गौतम,युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द,मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्ती हुनुहुन्छ ।

भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्ने बारेमा समझदारी हुनेछ । त्यसैगरी सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ ।

मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कनु हुनेछ ।

Facebook Comments