• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवा गाउँपालिका वडा नं ६ मा सिलाई कटाई तालिम सम्पन्न




श्रवण कुमार यादव
गढवा। गढवा गाउँपालिका वडा नं ६ मा स्थानीय महिलाहरूलाई लक्षित गरी गृहणी महिलाको लागि संचालन भएको २ महिने वडा स्तरीय सिलाई कटाई तालिम आज शुक्रबार सम्पन्न भएको छ।

महिलाहरूलाई स्वरोजगार बनाउन र उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्य लिएर गढवा गाउँपालिका वडा नं ६ को आयोजना तथा आर्थिक सहयोग र स्वस्तिक प्रशिक्षक प्रशिक्षण तालिम केन्द्र गढवा दाङको प्राविधिक सहयोगमा संचालन भएको तालिमको एक कार्यक्रमका बिच समापन गरिएको हो।

तालिम समापन समारोहमा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाबाट घरमै बसेर आय आर्जनमा जोड्न र महिलालाई उद्यमी बनाउन थुप्रै तालिमहरु संचालन गर्दै आएको जानकारी दिइन् । कार्यक्रमको उद्देश्य नै गृहिणी महिलाहरूको सशक्तिकरणका लागि उद्यमशीलता, स्वावलम्बन र सीपमूलक तालिममार्फत स्वरोगागर एवंम् आत्मनिर्भर र व्यावसायिक मुलक बनाउन सहयोग गर्ने बताइन्।

गढवा गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बिर बहादुर आले मागरले तालिम समापन कार्यक्रममा बोल्दै, “यो तालिमले महिलाहरूको जीवनस्तर सुधार्न ठूलो भूमिका खेल्नेछ। स्वरोजगारबाट महिलाहरूले आत्मनिर्भर बन्नेछन् र पारिवारिक आर्थिक अवस्थामा सुधार ल्याउने बताए।”

कार्यक्रममा उक्त सिलाई कटाईका प्रशिक्षक लिलावती यादवले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताइन् ।

त्यस्तै कार्यक्रममा सहभागी पुष्पा बुढाथोकीले तालिम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिइन्, साथै आगामी दिनमा यस्ता थप तालिमहरूको माग गरेकी हुन्।

कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, वडा नं ६ का वडा अध्यक्ष बिर बहादुर आले मगर, सचिव राम नरेश यादव, वडा नं ६ का वडा सदस्य दिनमणी आचार्य, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक(उमानाथ यादव), लगाएतका उपस्थिती रहेको थियो।

तालिममा १० जना महिलाहरूको सहभागिता रहेको थियो, जसमा उनीहरूले कपडा सिलाउने, कटाई गर्ने, तथा विविध डिजाइनहरू तयार गर्ने सीप सिकेका थिए। त्यसैगरी तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

Facebook Comments