बाग्लुङ । बाग्लुङमा आज बिहान भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढासँगै उहाँकी आमा गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको पनि मृत्यु भएको खुलेको छ । चालक प्रेम पुन घाइते अवस्थामा रहेका छन् ।
मध्यपहाडी लोकमार्गमा गाउँपालिकाको जीप दुर्घटना भएर तीन सय मिटर तल खस्दा उपाध्यक्ष भुपेन्द्रा बुढा, ६१ वर्षीया आमा र वडा अध्यक्ष जसबहादुरको निधन भएको हो । विरामी अवस्थामा रहेकी आमालाई भेट्न आउनुभएकी उपाध्यक्ष बुढा आमालाई पनि सँगै लगेर जान थाल्नुभएको थियो । आमाले पनि घर जान मन गरेपछि लगेर जान थालेको पारिवारिक स्रोतले जनाएको छ । तर, आमाछोरीकै बाटोमै मृत्यु भएको छ ।
केही दिनअघि मात्रै आमासँगको तस्विर साझा गर्दै उहाँले लेख्नुभएको थियो– ‘आमा शब्द नै कति महान छ।हजुरलाई स्वास्थलाभको कामना, आमा।’ उहाँले आमासँगको भिडियो पनि शेयर गर्नुभएको थियो । उहाँले आमालाई पाँच दिनअघि मात्रै आमालाई पशुपतिनाथको दर्शन गराउनुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।