• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुई प्रदेशमा भारी वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान




दाङ । लुम्बिनी र सुदूरपश्चिमका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । दुई प्रदेशसहित कर्णालीका केही जिल्लामा समेत भारी वर्षा भएको हो । गएराति दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, डोटी, डडेलधुरा, दैलेख, अछाम, बैतडी, बाजुरा, बझाङ, दार्चुला, र आसपासका जिल्लामा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षाका कारण कैलालीस्थित कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा बिहान ९ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसैगरी बर्दियास्थित बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । यहाँ पनि जलसतह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बिहान १० बजेसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कञ्चनपुरस्थित दोदा ९मछेली० नदी जलमापन केन्द्रमा पनि हालको जलसतहले सतर्कता तह पार गरेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। आज राति सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एक(दुई स्थानमा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।

Facebook Comments