दाङ । नेपाल नियमित रक्तदाता संघ दाङले दुई दशक अघि रक्तदान अभियान थालेका स्वर्गिय सरोज सिलवालको १७ औँ स्मृति दिवसमा बुधबार घोराहीको विपी चोकमा दीप प्रज्वलन गरिएको थियो । रक्तदान अभियानसंगै संस्थागत रुपमा रक्तदाताहरुलाई स्वर्गिय सिलवालले संगठित गर्ने काम गरेका थिए ।
प्रमुख अथिति समेत रहेका रक्तसचार सेवा केन्द्र घोराही शाखाका प्रमुख दिलिप न्यौपानेले सामाजिक कार्यमा सिलवालको रगत अभियानमा भुल्न नसकिने योगदान दिएको बताए । आगामी दिनमा यो अभियान र स्वर्गिय सिलवालको स्मरणलाई वृहत रुपमा अघि लग्न सुझाव दिए । ‘सामाजिक कार्यमध्येको रक्तदान महत्वपुर्ण र उत्कृष्ट कार्य हो ।’—उनले भने ।
विशिष्ट अतिथि समेत रहेका रक्तदाता संघ दाङका सल्लाहकार निरज गिरिले गाउँदेखि शहरसम्म नयाँ रक्तदाता जोड्ने गरि कामहरु गर्दै आएको भन्दै उनले सामाजिक कार्यमा स्थानिय सरकारबाट सहयोग बढाउन आग्रह गरे ।
रक्तदाता संघ दाङका अध्यक्ष गुरु गौतमले रक्तदान अभियानमा स्वर्गिय सिलवालको योगदानको बारेमा चर्चा गर्दै रगत अभावकै कारण मानव मृत्युलाई रोक्न चलाएको यो अभियानलाई निरन्तरता दिन जरुरी रहेको उनले बताए ।
वीर बहादुर खत्री (बिरु), कुलराज पोख्रेल , उत्तम बुढाथोकि, समिर के सि, मनोज डि सि, ऋषि पोख्रेल लगायतको उपस्थितिमा भएको दीप प्रज्वलन कार्यक्रमको सहजीकरण रमिला शर्माले गरेको थिइन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।