• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्घाखाँचीमा जीप दुर्घटना, एकको मृत्यु, दश जना घाइते




अर्घाखाँची । अर्खाखाँचीमा आज बिहान भएको जीप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए।

शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका थिए। दुर्घटनामा घाइते भएकामध्ये बढी चोट लागेका तीन जनालाई थप उपचारको लागि बुटवल लगिएको छ। छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६०मिटर तल खसेर दुर्घटना भएको हो।

यी हुन् घाइते
१. जिप चालक जि.अर्घाखाँची छत्रदेव गा.पा.५ बस्ने वर्ष ४० को चुरा बहादुर खत्रीको दाँया कुम र छातीमा चोट, अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
२. ऐ.ऐ.बस्ने वर्ष ४० की साबित्रा बि.क.को मुख र कुममा चोट। अवस्था मध्यम, थप उपचारको लागी बुटवल रिफर।
३. ऐ.ऐ.७ बस्ने वर्ष २४ की अनिता परीयारको निधार र हातमा चोट, अवस्था मध्यम ।
४. ऐ.ऐ. बस्ने निज अनिता परीयारको छोरा २० महिनाको प्रयन्स परीयार चोट नभएको।
५. ऐ.ऐ.८ बस्ने वर्ष ४२ की गीता आचार्यको ढाडमा चोट, अवस्था मध्यम।
६. ऐ.ऐ. बस्ने पर्ष १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
७. ऐ.ऐ.६ बस्ने वर्ष ४४ की कमला अधिकारीको हातमा चोट,अवस्था मध्यम।
८. ऐ.ऐ.५ बस्ने वर्ष ७ की अनुष्का पंथीको टाउकोमा चोट, अवस्था मध्यम।
९. हालसम्म ठेगाना नखुलेको वर्ष २६ की बिष्णु थापाको कान र खुट्टामा चोट,अवस्था मध्यम।

Facebook Comments