• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा खोलाले मोटरसाइकल बगाउँदामा दुईको मृत्यु




रुकुमपश्चिममा खोलाले मोटरसाइकल बगाउँदामा दुईको मृत्य
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सीमामा पर्ने रम्मा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । गयराती खोलामा आएको बाढीले मोटरसाइकलमा सवार मुसिकोट नगरपालिका ४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की अन्दाजी ३३ बर्सिया निर्मला थापा केसीलाई बगाउँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार वडा नम्बर ७ को साँखबाट मासु लिएर वडा नम्बर ६ को कानेवाङ तर्फ आइरहेका उनीहरूलाई खोला तर्ने क्रममा मोटरसाइकल सहित बगाएको थियो । उनीहरु दुवैजनाकाे शव खाेलामै माेटरसाइकल र ढुंगाले च्यापिएकाे अवस्थामा फेला परेकाे थियाे । भारी वर्षाका कारण उक्त खोलामा ठुलो बाढी आएको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने यो खोला खहरे खोला हो ।

मृतक मध्ये निर्मलाकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएकाे छ भने सर्जनकाे शव ल्याउने क्रममा रहेकाे डिएसपी पाेखरेलले बताउनुभयाे ।

Facebook Comments