दाङ । देउखुरीको लमही बजारबाट-राजपुरको सिक्टा जादै गरेको बसबाट खसेर बिहीबार एकजना यात्रु गम्भीर घाइते भएका छन् ।
बसबाट खसेर गम्भीर घाइते हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टाका १८ वर्षीय सुबास कुमाल रहेका छन् । उनको निधारमा चोट लागेर धेरै रगत बगेको छ ।
आज दिउँसो ४: ०० बजेतिर रा १ ख १२१२ नम्बरको बसको छतमा बसेर घर जादै गरेका कुमाल बिजुलीको पोलमा झुन्डाइएको केवल तारमा अल्झेर खसेको चंगवा प्रहरी चौकीका इन्चार्ज शत्रुघन उपाध्यले जानकारी दिए ।
लमहीबाट सिक्टा जादै गरेको बसको छतमा बसेका यात्रुलाई जंग्रहवा चोकमा प्रहरीले झारेर सिटमा बस्न आग्रह गरेको भएपनि बसले बजार क्रस गर्दैगर्दा पुनः बसालेर लैजादै गरेको अबस्थामा कुमाल तारमा अल्झेर खसेको प्रहरी इन्चार्ज उपाध्यले जानकारी दिए । कुमाललाई अहिले उपचारका लागि गंगदी स्वास्थ्य चौकीको एम्बुलेन्सबाट लमही अस्पताल पठाइएको छ।
त्यस्तै उक्त बसका चालक र सहचालक तथा बसलाई समेत अहिले प्रहरी चौकी चंगवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।