दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीलाई प्रदान गरिने सामाजिक व्यावसायिक सुरक्षा कोष रकम घोराही उपमहानगरपालिका १४ का लिला किराना पसलको संचालक मृत्यु र घोराही उपमहानगरपालिका १५ मा रहेको रुवि सप्लायर्समा आगलागी भएपछि संघले विहिवार परिवारलाई रकम हस्तान्तरण गरिएको छ।
व्यवसायीलाई प्रदान गरिने सामाजिक व्यावसायिक सुरक्षा कोषबाट रु. २५ हजार लिला किराना पसलको संचालकको श्रीमती लिला कुमारी चन्दलाई र रुवि सप्लायर्स संचालक वालचन्द्र कुवरलाई रु.२५ हजार ५ सय ५५ रुपौया अध्यक्ष बसन्त जोशी, वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, सचिव विकास वली, कोषाध्यक्ष जगत आचार्य, सहकोषाध्यक्ष माधव खनाल, सदस्यहरु बिष्णु रिजाल, निमबहादुर बुढाथोकी ,पुष्करराज न्यौपाने र युवराज पोख्रेलको सहभागितामा प्रदान गरिएको थियो ।
संघमा दर्ता भई नियमित नवीकरण गरेका सदस्यहरुलाई प्राकृतिक प्रकोपमा परी क्षति भएमा सामाजिक व्यावसायिक सुरक्षा कोषबाट राहत दिदै आएको संघका अध्यक्ष वसन्त जोशीले बताए । चन्द र कुवरपरिवारलाई केही राहत होस् भन्ने उद्देश्यले संस्थाबाट रकम प्रदान गरिएको अध्यक्ष जोशीले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।