• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गिद्ध संरक्षण सचेतना दिवसमा विद्यार्थीबीच बक्तृत्वकला प्रतियोगिता




दाङ । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र नेपालको आयोजनामा १६ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाइएको छ।

संस्थाका कार्यवाहक अध्यक्षजितलाल चौधरीको अध्यक्षता र तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १८ का अध्यक्ष माधव ओलीको प्रमुख आथित्यता र सब डिभिजन वन कार्यालयका अधिकृत ईश्वरी बस्नेत तथा बिसिएनका भुपाल नेपालीको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।
सो क्रममा विद्यार्थीहरुबीच प्रतियोगिता गराइएको थियो ।

प्रतियोगितबाट लक्ष्मी मावि हेमन्तपुरका रक्षा खड्का प्रथम, सोही विद्यालयकी सान्त्वना शर्मा दोस्रो र जनकल्याण माविका धन्याल बस्नेत तेस्रो हुनुभएको थियो । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा तुलसीपुर १७, १८ र १९ का ११ वटा माविका २१ छात्रछात्र सहभागी थिए।

निर्णायक मण्डलमा बृद्धिजीव डिल्लीराज अधिकारी र बिसिएनका जीव बिज्ञ दिलिप चन्द हुनुहुन्थ्यो। सदस्य बालिका तिवारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सहजीकरण अधिकृत साधना शर्माले गर्नुभएको थियो ।

Facebook Comments