आर.के. शीतल
सितली मगर्नीको परिवार घोराहीमा सानो व्यापार गरेर बसेको थियो । रोल्पाबाट दाङ झरेपछि आम्दानीको बाटो खोज्दै श्रीमान् श्रीमतीको सल्लाहमा घोराही १४ को नेपाली सेना व्यारेक छेउमै सानो किराना पसल गरेर बसेको थियो । श्रीमान्को सहारा श्रीमती अनि श्रीमतीको सहारा श्रीमान बनेर बसेको प्रमील जोडी थियो उनको । २०५८ मंसिर ८ गते घोराहीको नेपाली सेनाको व्यारेक तत्कालीन विद्रोही पक्ष माओवादीले आक्रमणमा प¥यो । व्यारेक छेउमै सानो किराना पसल गरेर गुजारा गरिरहेको उनका उनको श्रीमान् जीतबहादुरलाई सेनाले सोधपुछका लागि भन्दै व्यारेकभित्र लग्यो ।
त्यसपछि कहाँ लग्यो के ग¥यो उनलाई अत्तोपत्तो छैन । एक दुई दिन गर्दै २२ वर्ष बढी समय बित्यो तर श्रीमान् आउने आशा भने मरेको छैन । ‘कहिले काही आउनु हुन्छ की जस्तो लाग्छ, कहिले फेरि सेनाले मार्दिल्यो की जस्तो पनि लाग्छ’ शीतली भन्छीन् । श्रीमान् वेपत्ता भएपछि एक्लीएकी शीतली पहिलेदेखि नै पसल गर्ने भएकाले घोराही १४ कै तीनकुने चोकमा ढ्याब्ली गरेर १५ वर्ष बढी गुजारा चलाइन् । किराना पसलको ढ्याब्ली उनको लागि घर भने पनि त्यही थियो । ढ्याब्ली मै खाना पकाउने, त्यसैमा सुत्ने गर्थिन् । ‘कहिले काहीँ सपनामा देख्छु, अझै मारिएको छैन होला जस्तो लाग्छ । आउँछन् कि, आउँछन् कि भन्दै पर्खिदै गरेको पनि आज २२ वर्ष बित्यो’– शितलीले भन्नुभयो– ‘कतै मारिएकै भए हाडहड्डी देखाइदिए त्यही हड्डी ल्याएर किरिया गर्थेँ । प्राण नभए पनि हड्डी देखाइदिए हुन्थ्यो ।’
जीतबहादुर आइहाल्नु हुन्छ कि भन्दै आशै आशमा २२ वर्ष गुजारेकी शितलीले काजकिरिया गर्न नपाएकोमा दुखेसो छ । घोराही उपमहानगरपालिका वडा नं। १४ को यस अघिको कार्यकालमा रहेको जनप्रतिनिधिको टोलीले सेवारखोला छेउमा एकतले पक्की घर बनाइदिएको छ । २०७८ को मसान्ततिर पूर्व सभामुख्, पूर्व मन्त्री, सांसद, मेयरसहितको उपस्थितिमा घर हस्तान्तरण गरियो ।
हामीले द्वन्द्वदपीडितका लागि यसरी काम गरेका छौ भनेर ठुला ठुला भाषण पनि गरियो तर ती भाषणको कुनै मतलब थिएन शीतलीलाई । बरु घर बनिसकेपछि यो खोलाको छेउमा म सुरक्षित हुन्छु की नाई भन्ने चिन्ता थियो । शीतली मगर्नीसँग मेरो करिब ५ वर्षदेखिको चिनजान हो । तीनकुने चोकमा ढ्याब्ली गर्दा धेरै पटक पुगेको छु । छेउको खाली जग्गामा साग, धनिया रोपेकी हुन्थीन् । म जाँदा कति पटक अरु त केही छैन बाबु चाउचाउ बनाउछु है खानुस् भन्थीन् । कति नाई भनौ भनेर २ पटक उनले पकाएको चाउचाउ पनि खाएको छु । एकदम मीठो पकाउने । चाउचाउको पैसा दिन नमानेपछि पसलबाट धेरै सामान किनेको छु । उहाँको चाउचाउको लगानी उठोस् भनेर ।
वेपत्ता श्रीमान्को कुरा गरेपछि पुलुक्क श्रीमानको फोटोतिर हेरेर आँखाभरि आँशु बनाउने शीतलीको जीवन एक्लीएको छ । न सन्तान न श्रीमान् । आफन्तीहरु कहिले काही आउछन् नत्र एक्लो जीवन गुजारिरहेकी छिन् । केही दिन अगाडि भेट हुँदा भन्दै थिइन्–‘सेवार खोला ठुलो आउथ्यो बाबु हिजो । घर अगाडिको पर्खाल पनि भत्काउँछ जस्तो लाग्छ । एक्लै छु । खोला सुस्सायो भने रातभरि निद्रा लाग्दैन ।’
घोराही–१७ की चुमा आचार्यलाई वेपत्ता श्रीमान्को बण्डामा परेको जग्गा ससुराबाट आफ्नो नाममा सार्नु पर्ने । ससुराको नाममा रहेको सम्पत्ति सिधै बुहारीको नाममा पास गर्न मालपोतले मान्दैन । वेपत्ता श्रीमान् थानेश्वर आचार्य कि कार्यालयमै आउनु पर्ने नत्र उहाँको मृत्यु दर्ता हुनु पर्ने तब मात्र ससुराको नाममा रहेको जग्गा बुहारीको नाममा सार्न मिल्ने मालपोत बताउँछ । २२ वर्षदेखि वेपत्ता श्रीमान्को मृत्यु दर्ता नबनाउँदा जग्गा आउँदैन भने मृत्यु दर्ता गराउन मृत्यु भएको थाहा छैन । कसरी मृत्युदर्ता गर्ने चुमाको मनले मान्दैन । श्रीमान्को सम्पत्ति पाउँदा थोरै आर्थिक सहजता हुन्छ तर त्यो सम्पत्ति आफ्नो नाममा बनाउन झन ठूलो असहजता आइलागेको छ । ‘हातमा चुरा, सिउँदोमा सिन्दुर राखेर श्रीमान्को मृत्यु दर्ता गर्न मनले मान्दैन ।
मृत्युदर्ता नभए जग्गा नामसारी गर्न मिल्दै छ भनेर मालपोतले भन्छ । तपाईहरु नै भन्नुस् म के गरौँ ।’ उहाँले मरे बाँचेको एकिन नभई सम्पत्तिका लागि वेपत्ता श्रीमान्को मृत्यु दर्ता गर्न आफूले नसक्ने बताउँछिन् । मृत्युको न्यायिक घोषणा नगर्दा चुमालाई त पत्नीको हिसाबले समस्या झेल्नु होला नै तर वेपत्ता थानेश्वरका दाजु भाइलाई पनि उत्तिकै समस्या परेको छ । मृत्युको न्यायिक घोषणा नहुँदा अरु दाजु भाइले समेत बाबुको अंश आफ्नो नाममा बनाउन पाएका छैनन् । त्यसैले चुमालाई घर परिवारको समेत असहयोग र दबाबले दुःख माथि दुःख थपिएको छ ।
दंगीशरण गाउँपालिका–३ चितानपुरकी मसुरी चौधरीले बाध्यताले वेपत्ता श्रीमान्को मृत्युको न्यायिक घोषणा गरिन् । श्रीमान् वेपत्ता भएपछि घर परिवार चलाउनु पर्ने, बालबच्चाको हेरचाह पठनपाठनमा समस्या, हरेक क्षेत्रमा पटक–पटक समस्या झेल्नु पर्ने भएपछि मन पत्थर बनाएर वेपत्ता श्रीमान्को मृत्युको न्यायिक घोषणा गरिन् । खेतीपातीका लागि रासायनिक मल लिन २०५९ जेठ २९ गते तुलसीपुर बजार गएका श्रीमान् हरिराम चौधरी नफर्किएपछि वेपत्ता श्रीमान्को मृत्युको न्यायिक घोषणा गरेर अंशबण्डा गरेको मसुरीले बताउँछिन् । मृत्यु भएको थाहा त छैन तर के गर्नु छोराछोरी हुर्काउन, पढाउन र पालन पोषण गर्न सम्पत्ति र आर्थिक सहयोगका लागि मृत्यु दर्ता गर्नु परेको उहाँको भनाइ छ ।
मसुरी जस्तै वेपत्ता नागरिकका धेरैजसो परिवारहरुले अदालतबाट मृत्युको न्यायिक घोषणा गरेर घर चलाइरहेका छन् । स्थानीय सरकार वडा कार्यालय, गाउँपालिकाको सहयोगमा मसुरी जस्तै दंगीशरणका तीनजनाले मृत्युको न्यायिक घोषणा गराएका छन् । यो उनीहरुको रहर नभएर बाध्यता हो । नेपालमा १० वर्षे सशस्त्र द्वन्द्वदको समयमा १ हजार ४ सय ५२ जना वेपत्ता भएको सरकारी तथ्याङ्क छ । यो पनि शान्ति तथा पुनःनिर्माण मन्त्रालयले सन् २०११ मा सार्वजनिक गरेको तथ्याङ्क हो । पछिल्लो समयमा वेपत्ता परिवारका धेरै उजुरीहरु आयोगमा परेका छन् तर त्यसको तथ्याङ्क कसैसँग पनि छैन ।
१० वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका घटनाका कारण धेरै प्रकारका घटनाका पीडितहरु अझै पनि पीडाको जीवन बाँचिरहेका छन् । ती पीडाहरुमध्ये फरक पीडा बोकेर बाचेको परिवार वेपत्ता पारिएका व्यक्तिहरुको परिवार हो । एकातिर वेपत्ता पारिएको व्यक्ति आउँछ कि भन्ने छ भने अर्कोतिर वेपत्ता पारेकाहरुले मारिसके की भन्ने शंका पनि छ । पछिल्लो समयमा युट्यूवमा आएको हेर्ने कथामा झापाका प्रकाश तामाङ गोरखाको चौरी गोठमा ३० वर्षपछि भेटिएर घर फर्किएको भिडियोले वेपत्ता पारिएका व्यक्तिहरुको परिवारमा वेपत्ता भएको व्यक्ति यसैगरी भेटिन्छ की भन्ने आशा झन् बढेको छ ।
अर्कोतिर परिवारको सदस्यलाई हेर्ने कथा जस्तै पत्रकारहरु कसैले खोजिदिए हुन्थ्यो भन्ने पनि लागिरहेको छ । वेपत्ता परिवारका एक सदस्यले भने–‘हेर्ने कथाको टिमले प्रकाश तामाङलाई भेटाइदिए जस्तै हाम्रो बुबालाई पनि भेटाइदिए हुन्थ्यो । सरकारले त आजसम्म केही गरेर पत्रकार, मानव अधिकारकर्मी कसैले खोजी गरिदिएहुन्थ्यो भन्ने लाग्छ ।’ तर प्रकाश तामाङको घटना र सशस्त्र द्वन्द्वको समयमा वेपत्ता पारिएको घटनाको प्रकृति नै फरक हो भन्ने बुझ्नु पर्ने छ ।
वेपत्ता परिवारका सदस्यहरु कति आफ्नो कथा सुनाउनु भनेर थाकिसकेको बताउँछन् । भदौ १४ गते परेको बलपूर्वक वेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा कुनै सरकारी निकायबाट कार्यक्रम आयोजना नभएपछि केही संघसंस्थाले वेपत्ता परिवारसँग कार्यक्रम आयोजना गरेको थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्र, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९ईन्सेक०, द्वन्द्वपिडित सञ्जाल दाङ र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल दाङको आयोजनामा भएको कार्यक्रममा सहभागी वेपत्ता परिवारका सदस्यहरुलाई कार्यक्रम सञ्चालकले बोल्न अनुरोध गर्दा होस् वा पत्रकारहरुले पश्न गर्दा अध्यारो अनुहार गराउँदै भने– ‘कति भन्ने हो, के को लागि भन्ने रु हाम्रो पीडा कसले सुन्छ र रु जति भने पनि हुने केही होइन । जसले सोधे पनि हामीले आफ्नो परिवार वेपत्ता भएपछिको कथा भनिरहेका छौँ ।
हाम्रो पीडा सुनाइरहेका छाँै । आँसुको तालमा बाँचिरहेका छौ तर भनेर मात्र के हुने रैछ र रु सरकारले पनि की जिउँदै छन् यो अवश्थामा छन् भनेर भनिदिनुप¥यो की मरिसके काजकिरिया गर भनेर भनिदिनुप¥यो ।’ हुन पनि वेपत्ता परिवारको पीडा एकदमै फरक छ । जिउँदै छ भनौँ भने कहा छ के गर्दैछ कुन अवस्थामा छ भन्ने थाहा छैन । मरेको भनौ भने मरेको भन्ने कुनै थाहा छैन ।
कहिले कहाँ मरेको भन्ने त थाहा हुनुप¥यो । कि सास देउ कि लाश देउ, सिंगो लास सक्दैनौ भने कमसेकम हड्डी त देउ, त्यही हड्डीको काजकिरिया गछौ भनेर सरकारसँग हारगुहार गर्दा पनि सरकार सुन्दैन वा सुन्न चाहन्न । घरको मुख्य व्यक्ति नै वेपत्ता भएपछि घर व्यवहार चलाउन, बालबालिका हुर्काउन, पढाउन, समाजमा हुने समाजिक काममा धेरै समस्या भागेको छ वेपत्ता परिवारले ।
कतिपय अवस्थामा घरमा महिला मात्र हुँदा सामाजिक लाञ्छनाको बिचमा पनि वेपत्ता परिवार जीवन जिइरहेको छ । वेपत्ता परिवारका लागि जीवनमा समस्यै समस्याको भारी बोकेर जिउनु पर्ने बाध्यता छ । जुन समस्या भोग्नेलाई मात्र थाहा छ । पछिल्लो पटक सरकारबाट पारित सङ्क्रमणकालीन न्याय सम्बन्धी विधयक पारित भएसँगै अब त केही हुन्छ की भन्ने आशा पीडित परिवारसँग छ तर त्यो आशासँगै केही सरकारप्रतिको अविश्वास पनि छ । सरकारप्रतिको अविश्वासमा रहेका ती पीडित परिवारहरुको चाहना अनुरुप काम गरेर विश्वास दिलाउन आवश्यक छ ।
ऋयलतष्लगभ च्भबमष्लन
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।