• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने चलखेलः शर्मा




दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य रेखा शर्माले नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनको सरकार संविधान संसोधनको नाममा जनताका अधिकार खोस्ने चलखेलमा लागेको बताउनुभएको छ ।

वर्तमान सरकार संविधान संसोधन गरी समानुपातिक समावेशिताको अधिकार सहित संविधानले उत्पीडित जाति वर्ग र समुदायले संविधान मार्फत प्राप्त गरेको अधिकार हनन गर्ने गरी संविधान नै संसोधनको आन्तरिक गृहकार्यमा रहेको बताउनुुभयो ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिकाले आयोजना गरेको तिज मिलन तथा शुभकामना आदाप्रदानमा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री शर्माले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको उत्पीडत जाति समुदायको अधिकार छिन्ने गरी संविधान फेर्ने र अधिकार मास्ने खेलमा रहेको उहाँको भनाई थियो । उहाँले भन्नुुभयो– ‘दलित, मुुस्लिम, महिला, जनजातिहरुलाई संविधानले समानुपातिक समावेशिताको अधिकार दिएको छ । त्यो कुरा सत्ता गठबन्धन दलहरुले फेर्न चाहान्छन् । मुलुकको उत्पीडित जाति समुदाय र वर्गलाई आफ्नो अधिकार र स्वतन्त्रतावाट बञ्चित गर्न गठबन्धन सरकार चाहन्छ ।’

मुलुक परिवर्तनसँगै प्राप्त गरेको उपलब्धीको रक्षा क्रान्तिकारी शक्तिहरुले गर्ने भएकाले अब मुलुक परिवर्तनका लागि नभई प्राप्त अधिकारको रक्षाका लागि उत्पीडित जाति, वर्ग र समुदाय एक भएर लाग्नुुपर्ने उहाँले जोड दिनुुभयो । उहाँले थप्नुुभयो–‘ हिजो परिवर्तन र अधिकार प्राप्तीको लडाई थियो, आज अधिकार रक्षाको लडाई जरुरी छ । जसले हिजोको जनयुद्ध र जनआन्दोलनको झझल्को दिलाउन सकोस् ।’ महिला दिदिबहिनीहरु मुुलुकको हरेक परिवर्तनमा अग्रिणी भूमिकामा रहि परिवर्तनका लागि संघर्षशिल बन्दै आइरहे पनि हिजोको त्यो व्यवस्थाले महिलाहरुलाई थिचोमिचो र अन्यायमा पारे पनि अहिले महिलाहरु परिवर्तन सँगै अधिकार प्राप्ती अनुुभूूत गर्न पाएकाले मुुलुक परिवर्तनसँगै प्राप्त उपलब्धीको रक्षा जोगाउने प्रमुख दायित्व महिला, उत्पीडित जाति समुदायको रहेको उहाँको भनाई थियो ।

पूर्वमन्त्री शर्माले हरितालिका तीज महिला दिदि बहिनीहरुको सुख, शान्ति र मनोरञ्जनको पर्व रहेकाले यसमा विकासित समाजसँगै विकृत समेत बढ्दै गईरहेको बताउनुुभयो । तर विकृतिलाई निरुत्साहित गर्दै हाम्रा मौलिक पर्व एवं संस्कृतिहरुको परम्परा मौलिकतालाई जोगाउन जरुरी रहेको बताउनुुभयो । पछिल्लो समय चार्डपर्वका नाममा हुने खाने र हुदा खानेहरुको अन्तर समेत मौलाउदै गइरहेकाले यसलाई सास्कृतिक, सामाजिक सहिष्णुुता कायम राख्न सबैले प्रयत्न गर्नुुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुुभयो– ‘पर्वले हामी राम्रो सिकाउने, तर पर्वका नाममा हामीले धेरै कुरा नराम्रो सिकेका छौं ।

गरिव र धनी बीचको अन्तर विरोध र अन्तर सम्वन्ध हामीले हाम्रा चार्डपर्व र संस्कार सस्कृतिहरुबाट छुटाउदै आइरहेको छौं ।’
कार्यक्रममा लुम्विनी प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले मौलिक पहिचान सहित हाम्रा संस्कार संस्कृति हराउदै गइरहेकाले ति मौलिक पहिचान सहितको संस्कार संस्कृति जोगाउनुु हाम्रो दायित्व रहेको बताउनुुभयो । मौलिक चालचलन र सस्कार संस्कृति नै हाम्रा पहिचान रहेकाले यि यस्ता पर्वहरु देखासिकी नभई आपसी खुुसीयाली पर्वका रुपमा मनाउनुुपर्ने बताउनुुभयो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका अध्यक्ष दुरपति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङका ईन्चार्ज पुनम शेरपाईली लगायतलेको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Facebook Comments