• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविता प्रतियोगितामा सहभागी हुन कांग्रेस दाङको विद्यार्थीलाई आग्रह




दाङ। नेपाली कांग्रेस दाङले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव बिपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा ‘अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगिता–२०८१ गर्ने भएको छ ।

प्रतियोगिता बिपी कोइरालाको १११ औं जन्म जयन्तीका अवसरमा यहि भदौको २४ गते घोराहीस्थीत नेपाली कांग्रेसको पार्टी कार्यालयमा हुने भएको हो । विहान ११ बजेदेखि हुने अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगितामा सहभागीताका लागि नेपाली कांग्रेस दाङले विद्यार्थीलाई आग्रह गरेको छ ।

प्रतियोगितामा सहभागीताका लागि विद्यार्थीले ‘बिपी एक व्यक्तित्व अनेक’, ‘बिपी र प्रजातन्त्र’ र ‘बिपी र राष्ट्रियता’ शिर्षकमा कविता लेख्नुपर्ने छ । प्रतियोगितामा सहभागीताका लागि विद्यार्थीले भदौका २० गतेभित्र कविता पठाई सक्न नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् । प्रतियोगिताका लागि आएका कविताहरुबाट २०८१ भदौको २१ गते निर्णायक मण्डलले सर्ट लिष्ट निकाल्ने र सर्ट लिष्टमा परेका कविताहरुलाई कोइरालाको जन्मदिनको अवसरमा आयोजना गरिने प्रतियोगितामा सहभागी गराइने छ ।

प्रतियोगितामा प्रथम हुने विद्यार्थीले नगद दश हजारसहित मेडल, प्रमाणप्रत्र प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्ने विद्यार्थीले नगद सात हजार, तेश्रो हुने विद्यार्थीले नगद पाँच हजार र सन्तोना हुने विद्यार्थीले नगद तीन हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस दाङले जनाएको छ । प्रतियोगितामा सहभागीताका लागि दाङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका जिल्ला सदस्य शेषमणि गौतम र लिलाराम खनाल, क्षेत्र नं. २ मा नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगी र कोषाध्यक्ष प्रकाश सुवेदी र क्षेत्र नं. ३ मा जिल्ला सहसचिव राजु आचार्य र सुबोदकुमार डाँगीसँग सम्पर्क गर्न समेत कांग्रेस दाङले विद्यार्थी तथा विद्यालयलाई आग्रह गरेको छ ।

Facebook Comments